कांग्रेससँग मिलेर सरकार गठन एमाले तयार छ : : हिक्मत कार्की
१२ साउन, विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले साउन १७ गतेपछि एमालेले बहुमतको सरकारको नेतृत्वमा दाबी गर्ने बताएका छन् । त्यसका लागि विभिन्न दलहरुसँग कुराकानी गरिरहेको उनले जानकारी दिए ।
आज बिराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘साना–साना दल जान्छन् भने ठूलो दल नजाने भन्ने कुरै हुँदैन । हामी अहिले ४० सिटको दल हौं । अरु दलहरुसँग हाम्रो कुराकानी भइरहेको छ । कुनै पनि दलको समर्थन प्राप्त हुनेबित्तिकै हामी बहुमतको दाबी १७ गते भित्र गर्छौं ।’
कार्कीले विश्वासको मत जुटाउन नसकेपछि सभामुख बाबुराम गौतमको समेत समर्थनमा नेपाली कांग्रेसका नेता उद्धव थापा गत असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थिए । तर बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले थापाको नियुक्ति बदर गरिदिएको छ । सर्वोच्चले संविधानको धारा १६८ (२) बमोजिम सात दिनभित्र नयाँ सरकार गठन गर्न परमादेश दिएकाले दलहरु त्यसको आन्तरिक तयारीमा छन् ।
प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले पनि सरकारमा दाबी प्रस्तुत गर्ने सो दलका नेता कार्कीले बताए । एमालेले बहुमत जुटाउने सम्भावनाबारे पत्रकारको जिज्ञासामा उनले भने, ‘कुराकानी गर्दैछौं, त्यसमा त के भन्न सकिन्छ र । कहिलेकाहिँ एक सिट पनि कम हुन्छ, कहिलेकाहिँ ६० सिट पनि पुग्छ ।’
उनले नेपाली कांग्रेससँग मिलेर सरकार गठन गर्न एमाले खुला रहेको समेत बताए । ‘त्यसमा हामी ओपन नै छौं, कार्कीले भने, मेरो मान्यता के छ भने अहिले देशका ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा मुलुकको डेमोक्रेसीलाई संस्थागत गर्ने कुरा, संविधानलाई संस्थागत गर्ने कुरा, कानुनी राज्यलाई स्थापित गर्ने कुरा लगायतका तमाम उठिरहेका राजनीतिक मुद्दाहरुमा हाम्रा कुराहरु मिल्छन् भने हामी अगाडि बढ्न तयार छौं ।
कांग्रेसलाई मुख्यमन्त्री दिन तयार हुनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘मुख्यमन्त्री ठूलो कुरा होइन, मुख्यमन्त्री दिन जोसुकैलाई पनि सकिन्छ । यदि आफूसँग बहुमत पुगेन भने अरु कुनै पनि दलले मुख्यमन्त्री लिएर अगाडि बढ्ने कुरामा एमाले बाधक बन्दैन ।
मुख्यमन्त्री आधा–आधा कार्यकाल बाँड्ने कुरामा कांग्रेस स्पष्ट भएर आए त्यसमा पनि आफूहरु तयार हुनसक्ने कार्कीले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply