ठमेलको होटल भियनामा राजस्वको छापा, दावा छिरिङ पक्राउ
१४ साउन, काठमाडौं । ठमेलमा सञ्चालित होटल भियनामा राजस्व अनुसन्धान विभागको टोलीले शनिबार छापा मारेको छ।
त्यस होटललाई प्रयोग गरेर सुन तस्करी गर्ने गिरोहले काठमाडौंमा काम गरिरहेको सूचना पाएपछि विभागले छापा मारेको हो।
त्यस क्रममा दावा छिरिङलाई विभागले पक्राउ पनि गरेको छ।
उनी बेल्जियमका नागरिक रहेको खुलेको छ। तर, नेपालबाट बेल्जियम पुगेर उनले त्यहीँको पासपोर्ट बनाई भिजिट भिषामा नेपाल आएको अनुन्धान गरिरहेका राजस्व विभागका एक अधिकृतले जानकारी दिए।
तिब्बतीयन मूलका दावाले सुरुमा नेपाली नागरिकता लिएका रहेछन्,’ ती अधिकृतले भने, पछि बेल्जियम पुगेर त्यहीँको पासपोर्ट बनाई एनआरएनए बनेका रहेछ। उनी फेरि भिजिट भिषामा नेपाल आएको देखिइएको छ।
शनिबार बेलुका नै होटलमा छापा मारेर त्यहाँको कागजात र उनलाई पक्राउ गरिएको हो, अहिलदे अनुसन्धान जारी छ।
टोखामा फेला पर्यो सुन प्रशोधन गर्ने कारखाना, विभागले गर्यो सिल
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply