संवैधानिक परिषद्को बैठक बस्दै
१६ साउन, काठमाडौँ । संवैधानिक परिषद्को बैठक आज बस्दैछ । बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गरिने जनाइएको छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेबाट अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि नाम सिफारिस गरिन लागिएको हो । प्रधानन्यायाधीश कार्की अनिवार्य अवकाशमा जानु भन्दा एक महिनाअगावै नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्नुपर्नेमा अहिलेसम्म परिषद्को बैठक बस्न सकेको थिएन ।
संवैधानिक परिषद्ले समयमै नियुक्तिको सिफारिस नगर्दा नेपालको न्यायालयमा सबैभन्दा कम समय ५० दिनका लागि प्रधानन्यायाधीश भएका कार्कीले अवकाश हुनु एक महिनाअघि बिदामा बस्ने प्रचलनलाई पूरै पछ्याउन पाएनन् । संविधानको धारा १८४ को उपधारा ३ मा ‘संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै संविधानबमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्ने’ उल्लेख छ ।
न्याय परिषद्ले हरिकृष्ण कार्कीको एक महिना पदावधि बाँकी भएकै दिन संवैधानिक परिषद्ले सर्वोच्चमा नियुक्तिका लागि योग्यता पुगेका न्यायाधीशहरूको सूची पठाएको थियो । संविधानमा सर्वोच्च अदालतमा नियुक्त भएको तीन वर्ष कटेका न्यायाधीशहरू प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुने उल्लेख छ ।
अहिले सर्वोच्चमा १४ न्यायाधीश कार्यरत छन् र सबैको तीनवर्षे अवधिवाला योग्यता पुगेकाले परिषद्ले सबैको नाम सिफारिसका लागि वरिष्ठतम क्रमका आधारमा पठाएको छ, जसमा १ नम्बरमा विश्वम्भरप्रसाद श्रेष्ठकै नाम छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply