संवैधानिक परिषद्को बैठक बस्दै
१६ साउन, काठमाडौँ । संवैधानिक परिषद्को बैठक आज बस्दैछ । बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गरिने जनाइएको छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेबाट अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि नाम सिफारिस गरिन लागिएको हो । प्रधानन्यायाधीश कार्की अनिवार्य अवकाशमा जानु भन्दा एक महिनाअगावै नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्नुपर्नेमा अहिलेसम्म परिषद्को बैठक बस्न सकेको थिएन ।
संवैधानिक परिषद्ले समयमै नियुक्तिको सिफारिस नगर्दा नेपालको न्यायालयमा सबैभन्दा कम समय ५० दिनका लागि प्रधानन्यायाधीश भएका कार्कीले अवकाश हुनु एक महिनाअघि बिदामा बस्ने प्रचलनलाई पूरै पछ्याउन पाएनन् । संविधानको धारा १८४ को उपधारा ३ मा ‘संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै संविधानबमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्ने’ उल्लेख छ ।
न्याय परिषद्ले हरिकृष्ण कार्कीको एक महिना पदावधि बाँकी भएकै दिन संवैधानिक परिषद्ले सर्वोच्चमा नियुक्तिका लागि योग्यता पुगेका न्यायाधीशहरूको सूची पठाएको थियो । संविधानमा सर्वोच्च अदालतमा नियुक्त भएको तीन वर्ष कटेका न्यायाधीशहरू प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुने उल्लेख छ ।
अहिले सर्वोच्चमा १४ न्यायाधीश कार्यरत छन् र सबैको तीनवर्षे अवधिवाला योग्यता पुगेकाले परिषद्ले सबैको नाम सिफारिसका लागि वरिष्ठतम क्रमका आधारमा पठाएको छ, जसमा १ नम्बरमा विश्वम्भरप्रसाद श्रेष्ठकै नाम छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply