माग पूरा नभएसम्म एमालेले संसद् चल्न नदिने को
१६ साउन, काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि नबढाए संसद् चल्न नदिने अडान कायम राखेको छ ।
मंगलबार नयाँ बानेश्वरमा प्रतिनिधि सभा बैठकको तयारीका लागि बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा दलको अडान कायम राखेको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए ।
गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट भित्रिएको क्वीन्टल बढी तस्करीको सुन सिनामंगलमा राजस्व अनुसन्धान विभागले समातेको प्रकरणमा उच्चस्तरीय छानबिन बनाउन एमालेले माग गर्दै आएको छ ।
सो प्रकरणमा गृहमन्त्री, अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै एमालेले गत साउन १० गते बसेको प्रतिनिधि सभा बैठकमा अवरोध गरेको थियो भने साउन १५ गतेका लागि तय भएको बैठक एमालेको अडानका कारण सूचना टाँस गरेर स्थगित भएको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply