माओवादी केन्द्रीय समिति बैठक आजदेखि
१७ साउन,काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज (बुधबार) बाट सुरु हुँदैछ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुने बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नेछन् ।
बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक र सांगगठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिएका छन् । बैठकले सरकारको काम कारबाहीका बारेमा पनि समीक्षा गर्नेछ ।
बैठकमा ३८५ पूर्ण केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी १०० जना सहभागी हुनेछन् । बैठकको सम्पूर्ण तयारी पूरा भएको सचिव उपाध्यायले जानकारी दिए । माओवादीले केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रशारण गर्ने तयारी गरिएको छ ।
बैठकमा प्रत्येक सदस्यले प्रतिवेदनमाथि धारणा राख्ने गरी कार्यक्रम तय भएको उनले बताए । बैठकको कार्यसूची लगायतलाई पूर्णता दिन आज बिहान माओवादीको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply