१९ श्रावण २०८०, शुक्रबार ०४:३६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
दोलखामा पहिरोले घर बगाउँदा चार जना बेपत्ता
१९ साउन,दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ मा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन् । तीन जनाको उद्दार गरिएको छ ।
गए राति दुई वटा घर पुर्दा एक घरका तीन र अर्को घरका एक जना गरी चार जना बेपत्ता भएका हुन् । घाइते तीन जनाको उद्धार गरिएको छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याउन हेलिकप्टर मगाइएको घटनास्थलमा रहेका प्रहरी नायव निरीक्षक बासुदेव थापाले जानकारी दिएका छन् । बेपत्ता र घाइतेको अहिलेसम्म परिचय खुलिनसकेको उनले बताए । बेपत्ता भएकाको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।
यस्तै गए रातिको वर्षाले सोही वडाको सल्ले गाउँका दुई घर बगाएको छ । १५ घर विस्थापित भएको वडा अध्यक्ष दावा शेर्पाले जानकारी दिएका छन् । दुर्गम भएकाले पहिरोबाट भएको यकिन क्षतिको विवरण आइसकेको छैन ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply