सुन तस्करी प्रकरणकाे अनुसन्धान अब सीआईबीले गर्ने
१९ साउन,काठमाडौं । एक सय किलो (क्विन्टल) सुन तस्करी प्रकरणको अनुसन्धान अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को नेतृत्वमा हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार साँझ त्यसबारेमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी प्रमुख बसन्त कुवंर र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख किरण बज्राचार्यसँग छलफल गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर बरामद भएको एक सय किलो सुनको प्रकरणमा अहिले प्रधानमन्त्री मातहत रहेको राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागले गरेको अनुसन्धान प्रभावकारी नभएको गुनासो आइरहेको बेला प्रधानमन्त्री प्रचण्डले घटनाको अनुसन्धान सीआईबीलाई दिने बारेमा गृहमन्त्री र प्रहरी प्रमुखसँग छलफल गरेका हुन् ।
राजस्व विभागले अहिलेसम्म १७ जनालाई पक्राउ गरिसकेको छ । तर, सुन ल्याउने मुख्य कारोबारी राकेश अडुकिया अहिलेसम्म पनि पक्राउ परेका छैनन् । यो प्रकरणमा संजय बाविया र व्यवसायी दीपक मल्होत्रामाथि समेत अनुसन्धान भइरहेको छ ।
सुन तस्करहरुले अहिलेसम्म २ अर्बभन्दा बढिको सुन तस्करी गरेको निष्कर्ष विभागले निकाले पनि यसका मुख्य अभियुक्तलाई अहिलेसम्म पक्राउ गर्न नसकेपछि प्रधानमन्त्रीले सिआईबीलाई जिम्मा लगाउने तयारी गरेका हुन् । प्रधानमन्त्री दाहालका यसअघि पिए रहेका नवराज ढुंगाना हाल विभागको प्रमुख छन् । सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका नेताहरुले सय किलो सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने माग गरिरहेका बेला प्रधानमन्त्रीले सुन प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीलाई दिने तयारी गरेका हुन् ।
प्रधानमन्त्री दाहाल निकट स्रोतले शुक्रवार सिआईबीलाई सय किलो सुन प्रकरणको अनुसन्धानको जिम्मेवारी दिने निर्णय हुन सक्ने जनाएको छ । ‘आज गृहमन्त्रीसहित प्रहरी प्रमुखसँग यसबारेमा छलफल भएको छ । प्रधानमन्त्री सीआईबीलाई अनुसन्धानको जिम्मेवारी दिनुपर्छ भन्नेमा कन्भिन्स हुनुहुन्छ । अव राजस्व अनुसन्धान विभागले शुक्रवार पत्रचार गरेपछि थप स्पष्ट होला’, प्रधानमन्त्री प्रचण्ड निकट स्रोतले भन्यो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply