क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले लिए सन्यास
१९ साउन,काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । आज (शुक्रबार) काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।
‘आउँदा दिनमा क्रिकेटले अझै राम्रो गर्न सक्छ, यो टिमले राम्रो गर्न सक्छ भन्ने लागेपछि सन्यास रोजेको हुँ’, उनले भने । उनले लामो समय टिममा खेलेको स्मरण गर्दै अगाडि भने, ‘यत्रो वर्ष राष्ट्रिय टिमबाट खेले । राष्ट्रिय टोलीबाट खेलेपछि १०० प्रतिशत कन्ट्रिबुट गर्न सक्दिनँ भन्ने लागेपछि सन्यास लिएको हुँ ।
उनले क्रिकेटको अन्तर्राष्ट्रिय करिअरलाई पूर्णविराम लगाउन आफ्ना लागि यो उपयुक्त समय भएको बताए । सन्यास लिने क्रममा उनले आफ्नो क्रिकेट करिअर यहाँसम्म ल्याउने सबैलाई धन्यवाद पनि दिए । इमर्जिङ एसिया कप खेलेर राष्ट्रिय टोली फर्किएको भोलिपल्टै मल्लले सन्यास घोषणा गरेका हुन् । नेपाली टोलीले श्रीलंका भएको इमर्जिङ नेशन्स कपमा सहभागी हुँदा ज्ञानेन्द्र टोलीमा परेका थिएनन् । नेपालले खेलेका पछिल्ला खेलहरुमा पनि उनलाई प्रायः बेञ्चमा राखिएको थियो । इमर्जिङ एसिया कपमा उनीसहित नेपालका सिनियार खेलाडीहरुलाई विश्राम गराइएको थियो ।
इमर्जिङ एसिया कपपछि नेपाली टोलीले श्रीलंकामै प्रशिक्षण गरेको थियो । प्रशिक्षणमा मल्लसहितलाई पठाउने प्रयास क्यानले गरेको थियो । तर आफ्नो राहदानी बेलायत जाने भिसाका लागि पठाएकाले उनी श्रीलंका जान सकेनन् । इमर्जिङ एसिया कप नखेलेका ज्ञानेन्द्रले जिम्बाबेमा भएको विश्वकप छनोटका केही खेलमा अवसर पाएका थिए । तर उनले सोचेजस्तो प्रदर्शन गर्न सकेनन् । नेपाली टोलीमा युवा खेलाडीहरुको प्रभाव बढ्दै गइरहँदा पूर्व कप्तान पारस खड्काले जस्तै मल्लले पनि सन्यास लिएका हुन् । पारसले पनि २०७८ साउन १९ गते नेपाली राष्ट्रिय टोलीबाट सन्यास लिएका थिए । त्यसपछि त्यो जिम्मेवारी ज्ञानेन्द्रमा आएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply