क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले लिए सन्यास
१९ साउन,काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । आज (शुक्रबार) काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।
‘आउँदा दिनमा क्रिकेटले अझै राम्रो गर्न सक्छ, यो टिमले राम्रो गर्न सक्छ भन्ने लागेपछि सन्यास रोजेको हुँ’, उनले भने । उनले लामो समय टिममा खेलेको स्मरण गर्दै अगाडि भने, ‘यत्रो वर्ष राष्ट्रिय टिमबाट खेले । राष्ट्रिय टोलीबाट खेलेपछि १०० प्रतिशत कन्ट्रिबुट गर्न सक्दिनँ भन्ने लागेपछि सन्यास लिएको हुँ ।
उनले क्रिकेटको अन्तर्राष्ट्रिय करिअरलाई पूर्णविराम लगाउन आफ्ना लागि यो उपयुक्त समय भएको बताए । सन्यास लिने क्रममा उनले आफ्नो क्रिकेट करिअर यहाँसम्म ल्याउने सबैलाई धन्यवाद पनि दिए । इमर्जिङ एसिया कप खेलेर राष्ट्रिय टोली फर्किएको भोलिपल्टै मल्लले सन्यास घोषणा गरेका हुन् । नेपाली टोलीले श्रीलंका भएको इमर्जिङ नेशन्स कपमा सहभागी हुँदा ज्ञानेन्द्र टोलीमा परेका थिएनन् । नेपालले खेलेका पछिल्ला खेलहरुमा पनि उनलाई प्रायः बेञ्चमा राखिएको थियो । इमर्जिङ एसिया कपमा उनीसहित नेपालका सिनियार खेलाडीहरुलाई विश्राम गराइएको थियो ।
इमर्जिङ एसिया कपपछि नेपाली टोलीले श्रीलंकामै प्रशिक्षण गरेको थियो । प्रशिक्षणमा मल्लसहितलाई पठाउने प्रयास क्यानले गरेको थियो । तर आफ्नो राहदानी बेलायत जाने भिसाका लागि पठाएकाले उनी श्रीलंका जान सकेनन् । इमर्जिङ एसिया कप नखेलेका ज्ञानेन्द्रले जिम्बाबेमा भएको विश्वकप छनोटका केही खेलमा अवसर पाएका थिए । तर उनले सोचेजस्तो प्रदर्शन गर्न सकेनन् । नेपाली टोलीमा युवा खेलाडीहरुको प्रभाव बढ्दै गइरहँदा पूर्व कप्तान पारस खड्काले जस्तै मल्लले पनि सन्यास लिएका हुन् । पारसले पनि २०७८ साउन १९ गते नेपाली राष्ट्रिय टोलीबाट सन्यास लिएका थिए । त्यसपछि त्यो जिम्मेवारी ज्ञानेन्द्रमा आएको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply