खर्च विवरण बुझाइसकेका उम्मेदवारलाई जरिवाना नलिन सर्वोच्चको आदेश
१९ साउन, काठमाडौं । सर्वोच्च अदालतले २०७९ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएर खर्च विवरण सार्वजनिक गरिसकेका उम्मेदवारलाई जरिवाना नतिराउन अन्तरिम आदेश दिएको छ । निर्वाचन खर्च विवरण सार्वजनिक नगरेको भन्दै २,४३५ उमेदवारलाई १५ हजार जरिवाना गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्चका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले दिएको आदेशमा सबै उम्मेदवारको जरिवानाको निर्णय रोक्न भने आदेश भएको छैन । मोरङ–२ मा हाम्रो नेपाली पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य चुनाव लडेका विनोदमणि भट्टराईको रिटमा सर्वोच्चले निवेदकको हकमा रिटको फैसला नहुँदासम्म कारबाही अघि नबढाउन अन्तरिम आदेश जारी गरेको हो ।
‘रिट निवेदकले अन्तरिम आदेश समेत माग गरेको सन्दर्भमा विचार गर्दा, मिति २०७९–०८–०४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निवेदक हाम्रो नेपाली पार्टीको तर्फबाट मोरङ जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवार भएको भन्ने देखिन्छ’, सर्वोच्चको आदेशमा भनिएको छ, ‘निजले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ४ बमोजिम मिति २०७९–०९–०३ मा द.नं.ज्ञ १३३ मा प्रदेश निर्वाचन कार्यालय, प्रदेश नं १ मोरङ, विराटनगर समक्ष निर्वाचन खर्चको विवरण पेस गरेको देखियो ।
आदेशमा भनिएको छ, ‘यस अवस्थामा निर्वाचन कसूर तथा सजाय ऐन, २०७४ को दफा ३१ को उपदफा २ बमोजिम निर्वाचन खर्चको विवरण पेस नगरेका उम्मेदवारहरुलाई जनही १५,०००।– जरिवाना गर्ने गरी निर्वाचन आयोगबाट मिति २०८०–०१–०४ को निर्णयअनुसार निवेदकलाई समेत जरिवाना गर्ने गरी सूचना जारी भएको देखिँदा सुविधा र सन्तुलनको दृष्टिबाट प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकको हकमा १५,०००।– जरिवाना गर्ने गरी भएको उक्त निर्णय कार्यान्वयन नगर्नु, नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ ९२० (क) बमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ ।’
निवेदकको हकमा मात्र कारबाही नगर्न सर्वोच्चको आदेश भए पनि भट्टराईजस्तै खर्च विवरण बुझाएर पनि सार्वजनिक नगरेको भन्दै आयोगबाट कारबाही भएकाहरुले भने रिट निवेदन लगेमा लगाउ हुने र आदेश लागु हुनसक्ने बाटो भने खुल्ला भएको छ । वरिष्ठ अधिवक्ता भिमार्जुन आचार्य अहिलेको आदेश निवेदकको हकमा मात्र आएकाले खर्च विवरण बुझाएका अन्य उम्मेदवारहरुले कारबाही रोक्न सर्वोच्चमा रिट निवेदन लैजान सक्ने बाटो खुलेको बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply