हिमाल चढेर विश्व कीर्तिमान बनाएका पर्वतारोहीलाई विमानस्थलमा स्वागत
२० साउन, काठमाडौँ । तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका थिए । आरोहण सकेर नेपाल फर्कने क्रममा उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले विमानस्थलमा स्वागत गरिन् ।
पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपालल पर्वतारोहण सङ्घलगायत विभन्नि पर्यटनसँग सम्बन्धित सङ्घसंस्था एवं आरोहीहरुको विमानस्थलमा उपस्थित थियो । कीर्तिमानी आरोहीको स्वागत तथा सम्मानमा सरकारी प्रतिनिधि तथा पर्यटन व्यवसायीहरुले विमानस्थलमा सांस्कृतिक बाजागाजासहित भव्य स्वागत गरिएको सङ्घका अध्यक्ष निमानुरु शेर्पाले जानकारी दिए । पाकिस्तानमा रहेको केटु हिमाल ब्रोडपिक ९८,६११ मिटर० को हरिला र शेर्पाले साउन ११ गते बिहान १०ः४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जानाएको छ ।
उक्त हिमालको सफल आरोहणसँगै क्रिष्टिन र तेन्जेनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु तीन महिनामा सफल आरोहण गरी कीर्तिमान बनाएको कम्पनीको भनाइ छ । उनीहरुले तीन महिनामा १४ वटै हिमाल आरोहण गरेको कम्पनीका प्रबन्ध निर्देशक मिङमा शेर्पाले जानकारी दिए । यसअघि आरोही निर्मल पुर्जाले सन् २०१९ मा छ महिना छ दिनमा पूरा गरेका थिए ।
हरिला र शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ बाट हिमाल चार महिनाभित्रै आरोहण गर्ने लक्ष्य राखेका थिए । हरिला यसअघि विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल एक वर्ष पाँच दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बनेकी थिइन् ।
हरिला र शेर्पाले सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसक्नुभएको छ । कीर्तिमानी आरोहीलाई केहीबेरपछि नेपाल पर्यटन बोर्डमा आयोजना गरिने कार्यक्रममा बधाई तथा सम्मान गरिने सङ्घले जनाएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply