नागढुंगा–नौबिसे सुरुङमार्ग रेस्क्यु टनेलको ‘ब्रेक थ्रु’
२२ साउन, काठमाडौं । नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’ भएको छ।
२०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यु टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिएको हो।
रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’ हुँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहितको टोली नागढुंगा पुगेको थियो।
काठमाडौं र धादिङ दुवैतर्फबाट खनिएको सुरुङको ब्रेक थ्रु भएसँगै भौतिक मन्त्रीदेखि सचिवहरु र निर्माणमा संलग्न अधिकारी र इन्जिनियरहरुले खुसी साटासाट गरेका छन्।
रेस्क्यु टनेलको काम आइतवार दिउँसोसम्म एक मिटर मात्रै बाँकी रहेको अवस्थामा सोमबार दिउँसो ब्रेक थ्रु भएको हो।
सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वाला पुगेपछि रेस्क्यु टनेलको ‘ब्रेक थ्रु’ गरिएको हो।
२.५ किलोमिटर रहेको नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यु टनेलसँग मुख्य टनेलको काम पनि अब १८ प्रतिशत मात्र बाँकी छ।
२.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्रै रहेकाले चाँडै त्यो पनि सकिने मन्त्रालयले जनाएको छ।
सडक विभाग वैदेशिक महाशाखाका प्रमुख विजय जैसीले सुरुङ मार्ग सञ्चालनमा आउन अझै डेढ वर्ष लाग्ने बताएका छन्।
रेस्क्यु टनेलको काम सकिए पनि सञ्चालनका लागि कुर्नुपर्ने भएको छ। मुख्य सुरुङमार्गको काम पनि अबको डेढ वर्षमा सकिएपछि सञ्चालमा ल्याउने तयारी सरकारको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply