नागढुंगा–नौबिसे सुरुङमार्ग रेस्क्यु टनेलको ‘ब्रेक थ्रु’
२२ साउन, काठमाडौं । नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’ भएको छ।
२०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यु टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिएको हो।
रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’ हुँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहितको टोली नागढुंगा पुगेको थियो।
काठमाडौं र धादिङ दुवैतर्फबाट खनिएको सुरुङको ब्रेक थ्रु भएसँगै भौतिक मन्त्रीदेखि सचिवहरु र निर्माणमा संलग्न अधिकारी र इन्जिनियरहरुले खुसी साटासाट गरेका छन्।
रेस्क्यु टनेलको काम आइतवार दिउँसोसम्म एक मिटर मात्रै बाँकी रहेको अवस्थामा सोमबार दिउँसो ब्रेक थ्रु भएको हो।
सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वाला पुगेपछि रेस्क्यु टनेलको ‘ब्रेक थ्रु’ गरिएको हो।
२.५ किलोमिटर रहेको नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यु टनेलसँग मुख्य टनेलको काम पनि अब १८ प्रतिशत मात्र बाँकी छ।
२.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्रै रहेकाले चाँडै त्यो पनि सकिने मन्त्रालयले जनाएको छ।
सडक विभाग वैदेशिक महाशाखाका प्रमुख विजय जैसीले सुरुङ मार्ग सञ्चालनमा आउन अझै डेढ वर्ष लाग्ने बताएका छन्।
रेस्क्यु टनेलको काम सकिए पनि सञ्चालनका लागि कुर्नुपर्ने भएको छ। मुख्य सुरुङमार्गको काम पनि अबको डेढ वर्षमा सकिएपछि सञ्चालमा ल्याउने तयारी सरकारको छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply