च्यासल मैदान र एमाले केन्द्रीय कार्यालय पस्यो बाढी
२३ साउन, ललितपुर । ललितपुरको च्यासलमा रहेको नेकपा (एमाले) मुख्यालय (केन्द्रीय कार्यालय) मा बाढी पसेको छ ।
काठमाडौंको पूर्वी भेग भएर आउने मनोहरा नदीको जल सतह बढ्दा मंगलबार बिहान पार्टी कार्यालय डुबानमा परेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन् ।
च्यासल जोड्ने पुलमुनिबाट पानी पास हुन नसक्दा ठोक्किएर पार्टी कार्यालयतिर फर्किएको र कम्पाउण्ड डुबेको उनको भनाइ छ । ‘पुलमुनिबाट पानी पास हुन नसक्दा फर्कियो । अहिले कम्पाउण्ड पूरै डुबेको छ । अरू क्षति छैन, उनले भने । एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानको घर भाडामा लिएर पार्टी कार्यालय सञ्चालन गरिरहेको छ ।
सरकारले च्यासलको जग्गा तुलसीलाल स्मृति प्रतिष्ठानलाई भोगाधिकार दिएको छ । नदी किनार त्यो पनि होचो स्थानमा भएकाले त्यो ठाउँ जहिल्यै डुबानको चपेटामा पर्छ । सोमबार राति देखिको अविरल वर्षाका कारण काठमाडौंका अरू क्षेत्र पनि बाढी र डुबानमा परेका छन् । सामाखुसी, अनामनगर, टोखा, गोंगबु नयाँ बसपार्कलगायत ठाउँमा डुबान भएको छ । बागमती, बिष्णुमतीलगायत नदीहरूमा जल सतह निकै बढेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply