२३ श्रावण २०८०, मंगलवार ०९:१३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
विपद व्यवस्थापनका पूर्व तयारीलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
२३ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्षा याममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्व सतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्व तयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
आज बिहान प्रधानमन्त्री दाहालले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्री दाहालले उद्धार, राहत र पुनर्स्थापनाका लागि सम्पूर्ण ढङ्गले सक्रिय हुन पनि निर्देशन दिएका छन् ।
वर्षाका कारण आएको बाढीपहिरोले मुलुकका विभिन्न ठाउँमा जनधनको क्षति पुर्याएको छ । काठमाडौँ उपत्यकामा समेत बाढी र डुबानको समस्या देखिएको छ । अन्य धेरै जिल्लामा सर्वसाधारण प्रभावित भएका छन् भने सडक पहिराले अवरुद्ध बनेका छन् ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
Leave a Reply