गगनको निर्वाचन क्षेत्र कपनमा बालेनको डोजर, स्थानीय आन्दोलित
२५ साउन,काठमाडौं । काठमाडौं महानगरपालिका –७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन डोजरसहित काठमाडौं महानगरपालिकाको प्रहरीको टोली कपन साततले पुगेको छ ।
बुढानिलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिका–को सीमाना पर्ने कपन खोलामाथि राखिएको स्ल्याब हटाउन लागेको हो । खोलामाथिको स्ल्याब हटाउन डोजरसहित महानगरको नगर प्रहरीको टोली पुगेको हो । स्ल्याब हटाउन गएको महानगरको नगर प्रहरीविरुद्ध स्थानीय आन्दोलित भएका छन् । स्थानीयहरुबीच झडप भएपछि महानगरको वडा नम्बर ७ का वडाध्यक्ष र बुढानिलकण्ठ नगरपालिकाको मेयरबीच वार्ता भइरहेको नगर प्रहरी निरीक्षक शिव ढकालले जानकारी दिए ।
काठमाडौं महानगरपालिकाले कुनै जानकारी नदिई एकास्सी साततलेमा डोजर लगेपछि बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिलाई स्थानीयले गुहारेका थिए । घटनास्थलमा मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा र वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई पुगेका थिए ।
डोजर रोक्ने क्रममा वडाध्यक्ष तथा बुढानिलकण्ठका प्रवक्ता नवराज भट्टराईमाथि महानगर प्रहरीले लछारपछार समेत गरेका थिए । त्यसपछि नेपाल प्रहरीको टोलीले डोजरको चाबी खोसेर काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष बिमल होडा र बुनपाका जनप्रतिनिधिबीच वार्ता भएको छ । बुढानिलकण्ठका प्रवक्ता भट्टराईले समन्वय गरौं भनेर आग्रह गर्दा आफूहरुमाथि हातपात गरिएको बताए । यो नेपाली कांग्रेसका गगन थापाको निर्वाचन क्षेत्र हो । केही दिन अघि काठमाडौं महानगरपालिकाले सामाखुसी खोला खुला गरेको थियो । गत वर्ष कपन खोलाको ढलमा खसेर एक बालकले ज्यान गुमाएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply