सिँचाइ र सडक विभागमा ताला लगाउने ४५ निर्माण व्यावसायी प्रहरीको नियन्त्रणमा
२८ साउन, काठमाडौं । निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामासहित ४५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज (आइतबार) ललितपुरको चाकुपाटस्थित सडक विभाग र जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाउन खोजेपछि ४५ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिविक्रम शाहका अनुसार उनीहरूलाई प्रहरीले ताला लगाउनबाट रोक्न खोजेको थियो । तर जबरजस्ती ताला लगाएको भन्दै प्रहरीले दुई कार्यालयबाट ४५ जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूले तालाबन्दीसँगै ती कार्यालयमा धर्ना पनि दिएका थिए ।
महासंघले आफ्ना मागहरू पूरा गर्नुपर्ने भन्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ । उनीहरूले सरकारसँग काम गरेबापतको रकम भुक्तानीको माग गरेका छन् । त्यस्तै ठेक्काको म्याद थप गर्नुपर्ने पनि उनीहरूको माग छ । उनीहरूले यस्ता माग राखेर काठमाडौंमा सिठी जुलुस, डोजर जुलसलगायत गरिसकेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply