सन्दीपविरुद्धको मुद्दामा किशोरीको आमाको उमेर यकिन गर्न आदेश
३२ साउन, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा आज (बिहीबार) पनि फैसला हुन नसके । । अन्तिम सुनुवाई भन्दै आज फैसला आउने अनुमान गरिएको थियो । तर, काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खविडाको इजलासले पीडित किशोरीकी आमाको जन्ममिति प्रमाणीकरण गराउन आदेश दिएका छन् ।
उनको जन्ममिति दुई वटा फेला परेको भन्दै अदालतले प्रमाणीकरण गराउन आदेश दिएको हो । लामिछानेले एक नाबालिगमाथि बलात्कार गरेको आरोपमा मुद्दा चलिरहेको छ । बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले किशोरीकी आमाको उमेर २०५३ साल भएको पाइएपछि एकिन गर्न आदेश दिएका हुन् । उक्त विवरणमा पीडित भनिएकी किशोरी उनकी आमा ९ वर्षकी हुँदै जन्मिएको देखिन्छ ।
उक्त विवरण नमिलेको देखिँदा आमाको उमेर एकिन गर्न न्यायाधीश खतिवडाले आदेश दिएका सन्दीपका वकिल मुरारी सापकोटाले जानकारी दिए । उता किशोरीको उमेर भने घटना हुँदाको समयमा नाबालिग नरहेको, १८ वर्ष पूरा भएको विवरण नारायणी अस्पतालले अदालतलाई पठाएको छ ।
यो प्रकरणमा ती किशोरीले अदालतको आदेशअनुसार राज्यले पीडित राहत कोषबाट दिने एक लाख रुपैयाँ बुझेर लगिसकेकी छन् । विश्वकप छनोटका लागि सन्दीप जिम्बाबे प्रस्थान गरेयता उनीविरुद्ध मुद्दाको सुनुवाइले निरन्तरता पाउन सकेको थिएन । उनी जिम्बावेबाट फर्किएलगत्तै मुद्दाको सुनुवाइ भएर आदेश आएको हो ।
क्रिकेटर लामिछानेविरुद्ध गौशालास्थित एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको अभियोगमा मुद्दा परेको थियो । उक्त मुद्दा फास्ट ट्र्याकबाट किनारा लगाउन सर्वोच्च अदालतले गत फागुन १५ गते आदेश दिएको थियो । त्यसपछि धेरैपटक पेसी तोकिए पनि सुनुवाइ स्थगन गरिएको थियो ।
यसअघि थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दियो । तर विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत शर्त राखिएको थियो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply