साउदी दमामका लागि निगमको सिधा उडान, टिकट बुकिङ खुला
२ भदौ, काठमाडौँ । नेपाल वायुसेवा निगमले काठमाडौँबाट साउदी अरबको दमाम नियमित सिधा उडानका लागि शनिबारबाट टिकट बुकिङ्ग खुला गरेको छ । निगमले भदौ २० गतेदेखि सो उडान सञ्चालन गर्ने जनाएको हो ।
उडान तालिका अनुसार काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान गर्नेछ । बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको समेत निगमले जनाएको छ । यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइट www.nepalairlines.com.np मा लग इन गरी अनलाइनबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट सकिने ।
यसबाट यात्रुहरूलाई थप सुविधा पुग्ने निगमले विश्वास लिएको छ । काठमाडौं–दमाम प्रमोसनल फेयर ३५ हजार रुपैयाँ तोकिएको छ । दमाम–काठमाडौंका लागि भने ५९५ साउदी रियाल फेयर तोकिएको छ । साउदी धेरै नेपाली रोजगारीमा जाने गन्तव्य हो । यसले नेपालीहरुको आवतजावतलाई ठूलो राहत पुग्ने निगमका प्रवक्त रमेश पौडेलले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply