स्पेन पहिलो पटक फिफा महिला विश्वकप च्याम्पियन
३ भदौ, काठमाडौं । स्पेन पहिलो पटक फिफा महिला विश्वकप फुटबलको च्याम्पियन बनेको छ । इङल्याण्डलाई हराउँदै स्पेनले उपाधि जितेको हो ।
फाइनलमा आइतबार सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा इङल्याण्डलाई स्पेनले १–० गोलअन्तरले पराजित गरेको हो । स्पेनले खेलको पहिलो हाफमै गोल गर्दै अग्रता लिएको थियो । स्पेनका लागि ओल्गा कार्मोनाले गोल गरिन् । खेलको २९औँ मिनेटमा कार्मोराले गोल गर्दै स्पेनलाई १–० गोलको अग्रता दिलाइन् ।
पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको स्पेनले इङल्याण्डविरुद्ध दोस्रो हाफमा पनि राम्रो खेल्यो । खेलको ६९औँ मिनेटमा स्पेनले पेनाल्टी पायो । योसँगै अग्रता दोब्बर पार्ने सुनौलो अवसर पाएको थियो । भिडियो एसिस्टेन्ट रेफ्रीको मद्दतमा स्पेनलाई पेनाल्टी दिइएको थियो । तर, २–० गोलको अग्रता बनाउने मौका जेन्निफर हेर्मोसोले गुमाइन् । उनले प्रहार गरेको पेनाल्टी इङल्याडकी गोलकिपर म्यारी इएरप्सले सजिलै बचाइन् ।
समूह ‘सी’ मा रहेको स्पेनले आफ्नो पहिलो खेलमा कोस्टारिकालाई ३–० गोलअन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा जाम्बियालाई ३–० गोलअन्तरले हराएको स्पेनले समूह चरणको आफ्नो अन्तिम खेलमा जापानसँग ४–० को हार ब्यहोरेको थियो । त्यसपछि स्पेनले प्रिक्वार्टर फाइनलमा स्वीट्जरल्याण्डलाई ५–१ गोलअन्तरले हराएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply