ललिता निवास प्रकरणमा सीआईबीले लियो माधव नेपालको बयान
४ भदौ,काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको बयान लिएको छ । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री नेपालसँग गए राति सीआईबीले नेपालको कोटेश्वरस्थित घरमै पुगेर बयान लिएको हो ।
सीआईबीले यही प्रकरणमा अर्का पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि गए राति नै बयान लिएको थियो । सीआईबीका प्रवक्ता नवराज अधिकारीले पूर्व प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईसँग बयान लिएको जानकारी दिएका छन् ।
अधिकारीले उनीहरूसँग बयान कागज भएको बताएका छन् । उनले सुनाए, उहाँहरूसँग बयान कागज भएको छ, अनुसन्धान प्रतिवेदन आजै सरकारी वकिलको कार्यालयमा पठाउने तयारी भइरहेको छ ।
यसअघि साउन २९ गते बसेको सत्ता गठबन्धनको बैठकले दुवै पूर्व प्रधानमन्त्रीहरुसँग बयान नलिने गरी यो मुद्दा अघि बढाउने सहमति गरेको थियो । तर, चौतर्फी दबाबपछि सीआईबीले आइतबार दुवै पूर्व प्रधानमन्त्रीसँग बयान लिएको हो । सीआईबीले ललिता निवासको फाइल आइताबार नै जिल्ला सरकारी वकिलकहाँ पठाउने तयारी गरेको थियो । यसअघि पूर्व प्रधानमन्त्री नेपालले ललिता निवास प्रकरणमा आफूले असल मनसायका साथ निर्णय गरेको बताएका थिए । उनले आफूले कुनै गल्ती नगरेकाले नडराउने पनि बताएका थिए ।
मन्त्रिपरिषद्को २९ चैत २०६६, ३१ वैशाख २०६७ र २८ साउन २०६७ साउनमा ललिता निवासको केही जग्गा व्यक्तिका नाममा ल्याउने निर्णय हुँदा प्रधानमन्त्री माधवकुमार नेपाल थिए । तीन पटकसम्म मन्त्रिपरिषद्को निर्णयबाट ललिता निवासको ११३ रोपनी जग्गामा नक्कली मोही खडा गरी जग्गा सट्टा भर्ना दिइएको थियो ।
सम्बन्धित समाचार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
नदीबाट सिधै ढुंगा–बालुवा निकालेर पुल निर्माण गरेको आरोप
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
-
नारायणघाट–मुग्लिन सडक मर्मत तयारी: एमसीए–नेपालद्वारा महत्वपूर्ण ओरिएन्टेसन कार्यक्रम
-
कालीगण्डकी नदीमा रैथाने माछाको विविधता: स्वाद, पोषण र प्राकृतिक शुद्धताको प्रतीक
-
दासढुङ्गा स्मृति दिवस: एमालेद्वारा वृक्षारोपणदेखि रक्तदानसम्मका कार्यक्रम
-
नेपालमा सम्बन्ध विच्छेदको दर दोब्बर, हरेक १० विवाहमध्ये एक टुट्दै
Leave a Reply