ललिता निवास प्रकरण : आज अदालतमा अभियोजन दर्ता गरिंदै
१० भदौ, काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गरेको प्रकरणमा आज (आइतबार) जिल्ला अदालत काठमाडौंमा अभियोजन (मुद्दा) दायर गर्ने तयारी भएको छ । यो प्रकरणमा अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइसकेको छ ।
सीआईबीको फाइल अध्ययन गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले अभियोजनको तयारी गरेको हो । आज वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोजनपत्र दायर गर्ने तयारी गरेको हो । शुक्रबार नै मुद्दा दर्ताको तयारी गरिएपनि प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गर्न नभ्याइएकाले आज काठमाडौं जिल्ला अदालतमा अभियोजन दर्ता गरिने कार्यालयका प्रमुख, सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए ।
सीआईबीको सिफारिसअुनसार अभियोजन हुने वकिल कार्यालय स्रोतले जनाएको छ । प्रतिवेदनमा चार पूर्वमन्त्री तथा ६ पूर्वसचिव समेत २८६ जनालाई प्रतिवादी बनाएको छ । यता पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लीलामणि पौडेललाई भने साक्षी मात्र बनाएको छ ।
ललिता निवास परिसरको १४३ रोपनी ६ आना जग्गा किर्ते कागजपत्रका आधारमा योजनाबद्ध र सङ्गठित रूपमा पटक–पटक गरी व्यक्तिको नाममा सारिएको निष्कर्ष सिआइबीको छ । सोही आधारमा सीआइबीले सङ्गठित अपराध तथा किर्ते मुद्दा चलाउन सिफारिस गरेको छ । हाल १८ जना प्रतिवादी हिरासतमा छन् भने ६ जना माथि हिरासतबाहिर राखेर अनुसन्धान भइरहेको छ । विसं २०४९ देखि २०६९ सम्ममा पटक–पटकको मितिमा सरकारी जग्गा हिनामिना भएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply