चीन भ्रमणमा यसअघिका सहमति कार्यान्वयनमा जोड दिन्छु : प्रधानमन्त्री
१२ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो चीन भ्रमणका क्रममा नेपाल–चीनबीचको नाका सञ्चालन र नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेको बताएका छन् ।
आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा उनले निकट भविष्यमा हुने चीन भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गति लिने बताए । ‘नेपाल र चीनबीचको आर्थिक र व्यापार बढाउने तथा सीमानाकाको सञ्चालन गर्ने र नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेका छन्, उनले भने । चीन भ्रमणका क्रममा सडक, ऊर्जा, कृषि, विज्ञान प्रविधि तथा व्यापार र विकास सहायता क्षेत्रका विषयमा छलफल गरिने उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले आसन्न चीन भ्रमणका क्रममा यसअघि भएको सहमति–समझदारी कार्यान्वयनमा जोड दिने बताएका छन् । नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणाले चीन भ्रमणको एजेण्डाबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले यसअघि भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिने बताए ।
नेपालको आर्थिक र व्यापार सम्बधलाई थप सघन बनाउने र नाकालाई सघन बनाउनुका साथै सहयोग विस्तारबारे पनि चिनियाँ पक्षसँग सम्वाद गर्ने उनले बताए । नयाँ व्यापारिक नाका खोल्ने विषयमा कुराकानी हुने निश्चित भएको भन्दै उनले भने ‘त्यससम्बन्धी मुगुको विषय पनि कुरा उठाउने र एउटा निष्कर्ष लिने कोशिस हुनेछ ।’
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply