१४ भाद्र २०८०, बिहीबार १३:३२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने
१४ भदौ, सिन्धुपाल्चोक । चीनसँगको उत्तरी सीमा नाका तातोपानी शुक्रबारदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो ।
गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए । ‘नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ’, उनले भने ।
विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो । प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुल्ला गरिएको बताए । उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउने छन् ।
सम्बन्धित समाचार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
नदीबाट सिधै ढुंगा–बालुवा निकालेर पुल निर्माण गरेको आरोप
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
-
नारायणघाट–मुग्लिन सडक मर्मत तयारी: एमसीए–नेपालद्वारा महत्वपूर्ण ओरिएन्टेसन कार्यक्रम
-
कालीगण्डकी नदीमा रैथाने माछाको विविधता: स्वाद, पोषण र प्राकृतिक शुद्धताको प्रतीक
-
दासढुङ्गा स्मृति दिवस: एमालेद्वारा वृक्षारोपणदेखि रक्तदानसम्मका कार्यक्रम
-
नेपालमा सम्बन्ध विच्छेदको दर दोब्बर, हरेक १० विवाहमध्ये एक टुट्दै
Leave a Reply