प्रधानमन्त्रीले कुर्सीबाट नहट्ने आशिर्वाद लिन भारतलाई जलस्रोत सुम्पिए : प्रदीप ज्ञवाली
१६ भदौ,बुटवल । प्रमुख प्रपिक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भारत भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुर्सी बचाउनका लागि नेपालका जलस्रोत भारतलाई बुझाएको आरोप लगाएका छन् ।
आज (शनिबार) एमाले लुम्बिनी प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले कुर्सीका लागि जस्तासुकै कागजमा पनि सहिछाप गर्न तयार हुने मान्छेहरू अहिलेको सरकारमा रहेको बताए । उनले अहिले आफ्नो कुर्सीको दिर्घायुका लागि जस्तासुकै कागजमा पनि सहिछाप गर्न तयार मान्छेहरु सरकारमा रहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा कुनै पनि राष्ट्रिय हितका पक्षमा कुनै आवाज उठाउन नसकेको ज्ञवालीको भनाइ छ ।
‘हामीले देख्यौं अस्ति मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जानुभयो । नेपालका राष्ट्रिय हितका पक्षमा कुनै आवाज उठाउन सक्नु भएन । हामीलाई भैरहवा एयरपोर्टको नयाँ रुट, हामीलाई २७ वर्षदेखि अलपत्र पञ्चेश्वरमा ब्रेक थु, ज्ञवालीले भने, ‘हामीलाई चाहिएको थियो अपर कर्णालीमा ब्रेक थु । उहाँले केही पनि गर्नु भएन । बरु उल्टै भारतीय प्राथमिकताका जलस्रोत तम शरणमः गर्दै उहाँले सुम्पिएर आउनु भयो ।
कुर्सीबाट नहट्ने आशिर्वाद लिनका लागि राष्ट्रिय हितसँग सम्झौता गरेर आएको उनले आरोप लगाए । ‘उहाँले कुर्सीमा दिर्घायु भवः भन्ने आशिर्वाद पाउन राष्ट्रिय हितसँग सम्झौता गरेर आउनु भयो,’ ज्ञवालीले भने । ज्ञवालीले अहिले राष्ट्रिय हितको अभियान अप्ठेरोमा परेको पनि बताए । उनले एमाले एकतावद्ध छ भन्ने सन्देश लुम्बिनीबाट दिनुपर्ने पनि बताए । ‘लुम्बिनीबाट हामीले एकतावद्ध एमालेको सन्देश दिनुछ । प्रतिस्पर्धा नहुने होइन, तर कतिबेला कुन कुरा गर्ने, कतिबेला कुन गीत बजाउने भन्ने ध्यान दिनुपर्छ, उनले भने ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply