बालेनको प्रस्ताव : सरकारले जग्गा दिए क्रिकेट रंगशाला बनाउन महानगरले पहल गर्छ
१९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह (बालेन्द्र) ले संघीय सरकारले जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउन पहल गर्ने बताएका छन् । सोमबार नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेका बालेनले आज बिहान सरकारले १०० रोपनी जग्गा उपलब्ध गराए रंगशाला बनाउन महानगरले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
नेपाल–भारतको खेल भएको जत्तिको रंगशाला ८०-९० करोडमै बन्न सक्ने बालेनको आँकलन छ । उनले नेपालमा ठूला खेल हुँदा खेल विकास हुने र करोडौं रकम आर्जन हुने दाबी गरे । ‘श्रीलंकामा खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केहि प्याराफिट र अलि बढि सुविधा। नेपालमा त्यहि स्तरको रंगशाला जग्गा बाहेक ८०–९० करोडमा नै बन्छ सायद ।
उनले फेसबुकमा भनेका छन्, ‘नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ । यस्तो मात्रै रंगशाला र केहि ठूला खेलहरु हुने हो भने खेल विकास हुन सक्छ । एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ ।’
उनले खेलाडी र तल्लो तहमा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एक हुने गरि बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरिसकेको जानकारी दिए। सोमबारको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको थियो। नेपालले एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्धको खेलमा साहसिक ब्याटिङ गरेको छ । गत बुधबार घरेलु टोली पाकिस्तानविरुद्ध कमजोर प्रदर्शन गरेको नेपाली खेलाडीले भारतविरुद्ध डटेर ब्याटिङ गरेका थिए ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
Leave a Reply