नेपाली सेनासँग संयुक्त अभ्यासका लागि अमेरिकी सेनाको एक टुकडी नेपाल आउँदै
२० भदौ, काठमाडौँ । नेपाली सेनासँग संयुक्त अभ्यास गर्नका लागि अमेरिकी सेनाको एक टुकडी नेपाल आउने भएको छ । नियमितरूपमा सञ्चालन हुँदै आएको संयुक्त तालिमको ४० औँ संस्करण यही भदौको २४ गतेदेखि असोजको १२ गतेसम्म काठमाडौँमा हुँदैछ ।
सोही संयुक्त अभ्यासमा सहभागी हुन अमेरिकी सेनाको एक टुकडी नेपाल आउन लागेको हो । नेपाली सेनाका ३० जना र अमेरिकी सेनाका १२ जना गरी जम्मा ४२ जनाको सहभागिता रहने संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयहरूमा अनुभव तथा ज्ञान आदानप्रदान हुन नेपाली सेनाले जनाएको छ ।
अभ्यासमा सहभागिताका लागि अमेरिकाको सैनिक टुकडी बन्दोबस्तीका सामग्रीसहित भोलि बिहीवार २१ गते अमेरिकी वायु सेनाको विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने र विमान पर्सी शुक्रवार २२ गते फिर्ता हुने कार्यक्रम रहेको छ ।
नेपाली सेना संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मङ्गोलिया,बङ्गलादेश, इजरायल लगायत देशहरूका सैन्य सङ्गठनहरूसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रतिआतङ्कवाद, पर्वतारोहण, संयुक्त राष्ट्र सङ्घीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकाहरू लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासहरूमा सहभागी हुँदै आएको छ । यसैबीच संयुक्त अधिराज्यमा सञ्चालन हुने प्रतिस्पर्धात्मक तालिममा सहभागी हुने नेपाली सेनाको १० सदस्यीय टोली आज प्रमुख सेनानी विवेक विक्रम शाहको कमाण्डमा बेलायत प्रस्थान गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply