चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा. अञ्जनीकुमार झा नियुक्त
२१ भदौ, काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्राडा अञ्जनीकुमार झा नियुक्त भएका छन् । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले झालाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले झालाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिइन् । आयोगको उपाध्यक्ष पदका लागि डा. अञ्जनीकुमार झा, डा. प्रविण मिश्र र डा. श्रीकृष्ण गिरीको नाम सिफारिस गरिएको थियो । आयोगको उपाध्यक्षको नाम सिफारिस गर्न गठित सिफारिस समितिले आयोगको उपाध्यक्ष नियुक्तिका लागि पहिलो नम्बरमा डा. झा, दोस्रो नम्बरमा डा. मिश्र र तेस्रो नम्बरमा डा. गिरीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको स्रोतको दाबी छ ।
नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष समेत रहेका डा. झा नेपाली कांग्रेस निकटका चिकित्सक हुन् । डा. आयोगका वर्तमान उपाध्यक्ष समेत रहेका छन् भने डा. गिरी भने माओवादी निकट मानिन्छन् । त्यस्तै, डा. मिश्र पूर्व स्वास्थ्य सचिव हुन् । उनी पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई निकट समेत मानिने चर्चा छ ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा–२२ मा आयोगको उपाध्यक्ष नियुक्ति सम्बन्धी व्यवस्था छ । ऐनको दफा २२ को उपदफा ‘१’ मा सरकारले दफा–२३ बमोजिमको समितिले सिफारिस गरेका व्यक्तिहरू मध्येबाट एक जनालाई आयोगको उपाध्यक्ष नियुक्त गर्ने प्रावधान रहेको छ । ऐनमा उपाध्यक्षको पदावधि बढीमा चार वर्षको हुने प्रावधान छ । आयोगको कार्यकारी भूमिकामा उपाध्यक्ष रहने कानुनी व्यवस्था छ । प्रधानमन्त्री आयोगको अध्यक्ष हुन्छन् ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply