पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज देखि व्यावसायिक उडान शुरु
२३ भदौ,पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज (शनिबार) देखि व्यावसायिक उडान शुरु भएको छ । ड्रुक एयरको विमान केही बेरअघि ४२ यात्रु लिएर भुटानको थिम्पुका लागि उडेको विमानस्थल प्रमुख देवचन्द्र लाल कर्णले जानकारी दिएका छन् । चालक दलका तीन जना सदस्य मात्रै लिएर विमान शनिबार बिहान ६ बजेर ४० मिनेटमा पोखरामा अवतरण गरेको थियो ।
यसअघि चीनको सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरामा अवतरण गरेको थियो । गत असार ६ गते चीनको छेङ्दु तियान्फु विमानस्थलबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित आएको सो विमानमा चीनबाट केही नेपालीसहित पोखरामा त्यो वेला सम्पन्न हुन गइरहेको ड्रागन बोट रेस फेस्टिभलका खेलाडी बोकेर आएको थियो ।
तर, चीनबाट चार्टर्ड गरेर आएको सो विमान रित्तै फर्किएको थियो । सञ्चालनमा आएको झण्डै आठ महिनापछि अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलो पटक आम्दानी गरेको छ । प्रमुख कर्णले अब व्यावसायिक उडान नियमित बनाउन पनि प्रयास भइरहेको बताए । आज विहान पोखरा आएको ड्रुक एयरलाई पानीको फोहोराले स्वागत गरिएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply