पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज देखि व्यावसायिक उडान शुरु
२३ भदौ,पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज (शनिबार) देखि व्यावसायिक उडान शुरु भएको छ । ड्रुक एयरको विमान केही बेरअघि ४२ यात्रु लिएर भुटानको थिम्पुका लागि उडेको विमानस्थल प्रमुख देवचन्द्र लाल कर्णले जानकारी दिएका छन् । चालक दलका तीन जना सदस्य मात्रै लिएर विमान शनिबार बिहान ६ बजेर ४० मिनेटमा पोखरामा अवतरण गरेको थियो ।
यसअघि चीनको सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरामा अवतरण गरेको थियो । गत असार ६ गते चीनको छेङ्दु तियान्फु विमानस्थलबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित आएको सो विमानमा चीनबाट केही नेपालीसहित पोखरामा त्यो वेला सम्पन्न हुन गइरहेको ड्रागन बोट रेस फेस्टिभलका खेलाडी बोकेर आएको थियो ।
तर, चीनबाट चार्टर्ड गरेर आएको सो विमान रित्तै फर्किएको थियो । सञ्चालनमा आएको झण्डै आठ महिनापछि अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलो पटक आम्दानी गरेको छ । प्रमुख कर्णले अब व्यावसायिक उडान नियमित बनाउन पनि प्रयास भइरहेको बताए । आज विहान पोखरा आएको ड्रुक एयरलाई पानीको फोहोराले स्वागत गरिएको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply