कोशी सरकार गठनमा कांग्रेसले जिम्मेवार भूमिका खेलोस् : एमाले
२४ भदौ,काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेश सरकार गठनका लागि कांग्रेससँग छलफल भइरहेको बताएका छन् ।
आज (आइतबार) सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा बोल्दै ज्ञवालीले कोशी प्रदेशमा पहिलादेखि नै कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्नुपर्छ भनेको बताए । सत्तापक्षले प्रदेशसभाको ठूलो पार्टीलाई निषेध गरी संविधान मिचेको उनको भनाइ थियो ।
हामीले कोशी प्रदेश सरकार गठनका लागि कांग्रेससँग छलफल गरिरहेका छौँ । त्यहाँ जुन ढंगको शक्ति अवस्था छ, निषेध गरेर जाने खालको बाटोमा नजाऔं, ज्ञवालीले भने, उहाँहरूले निषेध गर्ने कोशिस गर्नुभयो । त्यसका लागि संविधान मिच्ने काम भए, त्यसको परिणाम आज हामीले भोगिरहेका छौँ ।
अब पनि त्यही बाटोमा गए प्रदेशप्रतिको वितृष्णा बढेर जाने र नयाँ चुनावमा जानुपर्ने स्थिति हुने उनको भनाइ थियो । ‘त्यसले या त प्रदेशप्रतिको वितृष्णा बढेर जान्छ, या त त्यसको समाधानका लागि नयाँ चुनावमा जानुपर्ने स्थिति हुन्छ’, उनले भने, ‘जुन दुवै कुरा हाम्रो प्राथमिकतामा छैन । नेपाली कांग्रेसले जिम्मेवार भूमिका खेलोस् ।’ यसका लागि आफूहरू प्रारम्भिक चरणको कुराकानीमा रहेको उपमहासचिव ज्ञवालीको भनाइ थियो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply