विमानस्थल भन्सारका कर्मचारी आन्दोलित, सेवा ठप्प पार्ने चेतावनी
२४ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु आन्दोलित भएका छन् । नेपाल प्रहरीसहित विभिन्न निकायले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनावश्यक दुःख दिएको भन्दै उनीहरुले आज (आइतबार) सांकेतिक विरोध गर्दै ३ घण्टा ‘पेन डाउन’ गरेका छन् ।
सीआईबीले शनिबार मात्र एक जना भन्सार अधिकृत र दुई जना नायब सुब्बालाई ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ गरेको थियो । यसअघि पनि दुई जना भन्सार अधिकृत र अन्य कर्मचारी पक्राउ परेका थिए । सुन तस्करी प्रकरणमा धमाधम त्रिभुवन विमानस्थल भन्सारका कर्मचारी पक्राउ पर्न थालेपछि अन्य कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।
यसअघि सामूहिक सरुवा मागेका कर्मचारीहरूले अहिले भने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
कर्तव्य पालनाका सिलसिलामा भएका कामप्रति कर्मचारी व्यक्तिगत रुपमा जवाफदेही नहुने कानुनी व्यवस्था भए पनि पटक पटक हस्तक्षेप भएकाले काम गर्न सक्ने अवस्था नरहेको भन्दै त्रिभुवन भन्सारका कर्मचारीहरूले कार्यालयका हाकिम भन्सार प्रशासकलाई पत्र लेखेर आन्दोलनबारे जानकारी गराएका छन् ।
उनीहरूले विभिन्न पाँचबुँदे माग राखेका छन् । जसमा पक्राउ गर्ने कार्य बन्द गर्नुपर्ने, काम गर्ने वातावरण गर्नुपर्ने, गोपनीयताको हकको कार्यान्वयन गर्नुपर्ने जस्ता मागहरू छन् । उनीहरूले माग पूरा नभए पेन डाउन गर्ने, कार्गोमार्फत हुने निकासी पैठारीको काम रोक्ने, यात्रु शाखाको काम पनि नगर्नेलगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply