नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई प्रधानमन्त्रीले काठमाडौं बोलाए
२५ भदौ, काठमाडौं । नेपाली श्रमिक कार्यरत प्रमुख श्रम गन्तव्य देशमा खटिएका नेपाली राजदूतहरु र नियोग प्रमुखहरु काठमाडौ आएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीको क्षेत्रमा फेरिएको अवस्थाबारे प्रधानमन्त्री र मन्त्रीहरुसँग छलफल गर्न उनीहरु काठमाडौ आएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा आज र भोलि हुने छलफलमा श्रम स्वीकृतिदेखि नेपाली श्रमिकले भोगेका समस्या र समाधानको उपायको विषयमा कुराकानी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा सुरक्षित वैदेशिक रोजगारीका लागि श्रमिक भर्ना प्रक्रिया, घरेलु श्रमिकको भर्नासम्बन्धी लिइएको मापदण्ड, वैदेशिक रोजगारीको मागपत्र प्रमाणीकरण, खाडी र मलेसियामा कार्यरत नेपालीको श्रमिकको अवस्थाबारे राजदूतहरुले जानकारी गराउने छन् ।
यस्तै युरोप रोजगारीको विषयमा पनि छलफल हुने जनाइएको छ । पछिल्लो समय युरोपमा नेपाली श्रमिकको उच्च माग भए पनि श्रम मन्त्रालयले मागपत्र प्रमाणीकरणलाई सहजीकरण र संशोधन गर्नका लागि वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँच निर्देशिका बनाए पनि परराष्ट्रबाट अगाडि बढेको छैन । युरोपमा मागपत्र प्रमाणीकरण रोकिँदा संस्थागत रूपमा नेपाली श्रमिक युरोप जानबाट वञ्चित भइरहेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply