नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई प्रधानमन्त्रीले काठमाडौं बोलाए
२५ भदौ, काठमाडौं । नेपाली श्रमिक कार्यरत प्रमुख श्रम गन्तव्य देशमा खटिएका नेपाली राजदूतहरु र नियोग प्रमुखहरु काठमाडौ आएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीको क्षेत्रमा फेरिएको अवस्थाबारे प्रधानमन्त्री र मन्त्रीहरुसँग छलफल गर्न उनीहरु काठमाडौ आएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा आज र भोलि हुने छलफलमा श्रम स्वीकृतिदेखि नेपाली श्रमिकले भोगेका समस्या र समाधानको उपायको विषयमा कुराकानी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा सुरक्षित वैदेशिक रोजगारीका लागि श्रमिक भर्ना प्रक्रिया, घरेलु श्रमिकको भर्नासम्बन्धी लिइएको मापदण्ड, वैदेशिक रोजगारीको मागपत्र प्रमाणीकरण, खाडी र मलेसियामा कार्यरत नेपालीको श्रमिकको अवस्थाबारे राजदूतहरुले जानकारी गराउने छन् ।
यस्तै युरोप रोजगारीको विषयमा पनि छलफल हुने जनाइएको छ । पछिल्लो समय युरोपमा नेपाली श्रमिकको उच्च माग भए पनि श्रम मन्त्रालयले मागपत्र प्रमाणीकरणलाई सहजीकरण र संशोधन गर्नका लागि वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँच निर्देशिका बनाए पनि परराष्ट्रबाट अगाडि बढेको छैन । युरोपमा मागपत्र प्रमाणीकरण रोकिँदा संस्थागत रूपमा नेपाली श्रमिक युरोप जानबाट वञ्चित भइरहेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply