सहकर्मी पक्राउको विरोध गर्दै विमानस्थल भन्सार कर्मचारीले बन्द गरे कार्गो जाँचपास
२५ भदौ,काठमाडौं । पेसागत सुरक्षाको माग गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कर्मचारीले हडताल आह्वान गरेका छन् ।
उनीहरूले सोमबार र मंगलबार भन्सार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी–पैठारीसम्बन्धी सम्पूर्ण कार्य पूर्ण रूपमा बन्द गर्ने जनाएका छन् ।
विमानस्थलका सेवामा हडताल गर्न नपाउने कानुनी प्रावधानलाई चुनौती दिँदै उनीहरूले हडतालका विभिन्न कार्यक्रम घोषणा गरेका हुन् । त्यसैअनुरूप उनीहरूले आइतबार तीन घण्टा ‘पेन डाउन’ गरेका थिए । भेपमार्फत् ९ किलो सुन तस्करी र भन्सार जाँचपास भई गएको ६० किलो सुन तस्करी प्रकरणमा आफ्ना सहकर्मी पक्राउ गरेको विरोधमा विमानस्थल भन्सारका कर्मचारी आन्दोलित भएका हुन् ।
पेसागत सुरक्षा नभएको भन्दै १२ दिनअघि भन्सार विभागमा सामूहिक सरुवाको निवेदन बुझाएका उनीहरूले त्यसको सुनुवाइ नभएको तथा कार्य वातावरण झन बिग्रिँदै गएको उनीहरुको भनाइ छ । कर्मचारीहरूले विमानस्थलका प्रमुख भन्सार प्रशासकलाई सम्बोधन गरी लेखेको पत्रमा असल नियतले गरेको कामलाई पनि अपराध भन्दै धरपकड गरी हतोत्साहित पार्न खोजिएको आरोप लगाएका छन् । भन्सार ऐन, २०६४ को दफा ६६ मा रहेको ‘कुनै भन्सार कर्मचारीले आफ्नो कर्तव्य पालनको सिलसिलामा असल नियतले गरेको कामकारबाही प्रति निज व्यक्तिगत रूपमा जबाफदेही हुनेछैन’ भनिए पनि सुन प्रकरणमा व्यक्ति विशेषलाई जबाफदेही बनाइएको भन्दै कर्मचारीले आपत्ति जनाएका छन् ।
कर्तव्य पालनाको क्रममा खटिएका कर्मचारीलाई धरपकड गरी दैनिक प्रशासनिक कार्यलाई नै हतोत्साहित गर्ने काम गरेको भन्दै कर्मचारीको मनोबल गिरेको र आत्मसम्मानमा ठेस पुगेको कर्मचारीको गुनासो छ । प्रहरी र अन्य निकायबाट निरन्तर हस्तक्षेप र धरपकड भएको भन्दै उक्त कार्य पूर्णरुपमा बन्द नभएसम्म कार्यालयको दैनिक कार्यसञ्चालन गर्न असमर्थ रहेको कर्मचारीले विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् । सोही सम्बन्धमा विमानस्थल भन्सारका कर्मचारीले गत भदौ १२ गते गते नै भन्सार विभागका महानिर्देशकलाई सम्बोधन गरी सामूहिक सरुवाका लागि आग्रह गरेका थिए ।
कर्मचारीहरूले राजस्व असुलीको असल नियतले भन्सार ऐन, नियम तथा अन्य प्रचलित कानुनबमोजिम गरिएको नियमित कार्यलाई अनुसन्धानको नाममा निर्दोष कर्मचारीहरूलाई धरपकड गर्ने र पक्राउ गरी हिरासतमा लिने लगायतका कार्य अविलम्ब बन्द गर्नुपर्ने, कर्मचारीहरू गिरफ्तार गरी हिरासतमा राख्दा के–कति कारणले गिरफ्तार गरेको हो ? सो विषय कर्मचारी कार्यरत कार्यालयलाई समेत जानकारी नदिएको भन्दै अमानवीय तरिकाले गिरफ्तार गरी राख्ने कार्य अविलम्ब बन्द हुनुपर्ने र बिना प्रमाण थुनामा राखिएका सबैलाई रिहा गर्नुपर्ने माग गरेका छन् ।
पक्राउ गरिएका कर्मचारीको गोपनीयताको हक सुनिश्चित नभएको र वैयक्तिक विवरण सार्वजनिक भएको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्नुपर्ने उनीहरूले माग गरेका छन् । यद्यपि अपराधमा संलग्न व्यक्ति नछुटुन् भनेर आफूहरू सचेत रहेको र त्यसमा आफूहरूको सहयोग रहने कर्मचारीले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply