चुच्चे नक्सामा समर्थन जनाउन चीनलाई महासचिव पोखरेलको आग्रह
२५ भदौ,बेइजिङ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ । सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको हो ।
भेटमा पोखरेलले संसदबाट पछिल्लो समयमा जारी नेपालको चुच्चे नक्सामा चीनको साथ खोजेका छन् ।
‘१८१६ मा भएको सुगौधी सन्धीले निर्धारण गरेअनुसार नेपालको नक्सा संसदबाट पास गरेर औपचारिक रूपमा जारी गरेका छौं । त्यसले गर्दा हामीले दबाब र अप्ठ्याराहरुको पनि सामना गर्नु परेको छ । हामीले जारी गरेको नक्साको सन्दर्भमा हामी सोही अनुसार चीनको पनि साथ चाहन्छौं । चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टीको साथ चाहन्छौं , पोखरेलले भने ।
एक चीनको पक्षमा दृढ रहेको भन्दै महासचिव पोखरेलले नेपालको भूमिबाट चीनविरोधी गतिविधि गर्ने कामलाई अस्वीकार गर्ने प्रष्ट्याए । आफ्नो पार्टी असंग्लन परराष्ट्र नीति र पञ्चशीलको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहेको पनि पोखरेलले बताए ।
उनले एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउन मिसन ग्रासरुट अभियान चलाइएको भन्दै यसले नयाँ सञ्चार र उत्साह प्रदान गरेको बताए । २०८४ सालको आमनिर्वाचनबाट बहुमतका साथ स्थायी सरकार बनाउने र जनताको विकास र समृद्धिको सपना पूरा गर्ने लक्ष्य पनि महासचिव पोखरेलले सुनाए ।
सीपीसी विदेश विभाग प्रमुख लिउ जियनचाओले नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको एकता घनिष्ठ र समुधुर रहेको भन्दै अझ नयाँ उचाइमा लैजान चाहेको बताए । उनले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणताका केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला भएका सहमति, सम्झौता कार्यान्वयनमा जोड दिँदै आफूहरूबाट अधिकतम प्रयास हुने प्रतिबद्धता जनाए ।
‘नेपाल र चीनको घनिष्ठ सम्बन्ध छ । नेपाल चीनको राम्रो मित्रशक्ति हो । राज्यस्तरमा रहेका हाम्रो घनिष्ठ सम्बन्धलाई जनस्तरमा बलियो बनाउन एमाले र सीपीसीको सम्बन्धलाई अझ बलियो बनाउनु पर्छ ।
चीन सधैँभरी शान्ति, विकास र समृद्धिको पक्षमा रहँदै आएको छ । भविष्यमा पनि तपाईँहरूले यसतर्फ चाल्ने पाइलामा सधैँ साथ र सहयोग रहनेछ’, लिउले भने ।
महासचिव पोखरेल नेतृत्वको एमाले टोली केही समयदेखि चीन भ्रमणमा छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply