एमाले बागमतीमा को– को छन् पदाधिकारीका आकांक्षी ?
५ अशोज । नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन यहि अशोज ८ र ९ गते काठमाडौंमा आयोजना गरिएको छ । अधिवेशनका लागि प्रतिनिधि छनौटको काम करिब सकिएको छ । अधिवेशन उद्घाटनको समय तीन दिन मात्र बाँकी रहँदा अहिले पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेता कार्यकर्ताको चहल पहल निकै बाक्लिएको छ ।
यसअघि सम्पन्न भएको लुम्बिनी प्रदेश अधिवेशनको नेतृत्व सर्वसम्मत हुन नसकेपछि निर्वाचनबाट टुंगो लागेको थियो । सोही कारण पनि बागमतीमा पनि नेतृत्व सर्वसम्मत नहुने अनुमान गर्न थालिएको छ । अधिवेशनको मिति नजिकिदै गर्दा आकाक्षीहरुको लर्को बढ्दै गएकाले पनि सर्वसम्मतको सम्भावना निकै कम रहेको बताइन्छ । यद्यपी, अन्तिम समयसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिने नेताहरुले बताएका छन् ।
अहिले सम्म पाँच पदाधिकारीका लागि डेढ दर्जनभन्दा बढी नेताले आकांक्षा देखाएका छन् । स्रोतका अनुसार, अध्यक्षका लागि रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्ण दाहाल र नुवाकोटका केशव पाण्डेले दावी गरेका छन् । पार्टीको केन्द्रीय सदस्य भएपनि प्रदेश अध्यक्ष बन्नकै लागि ढुंगेल र दाहाल आ आफ्नो जिल्ला भूगोलबाट प्रतिनिधि चयन भएर आएका छन् । पाण्डे भने वर्तमान अध्यक्ष हुन् । उनले अधिवेशनबाट एक कार्यकाल दाहोरिने चाहाना राखेको बुझिएको छ । केन्द्रीय सदस्य सानु श्रेष्ठले पनि अध्यक्षका लागि आकांक्षा राखेको बताइन्छ । उनी पनि काठमाडौंबाट प्रतिनिधि चयन भएर आएका छन् । तर, उनको शसक्त दावी भने नरहेको स्रोतले बतायो ।
त्यस्तै, उपाध्यक्षका लागि नुवाकोटका नारायण खतिवडा, दोलखाका इश्वरचन्द्र पोखरेल, मकवानपुरका महेश बर्तौला, सिन्धुपाल्चोकका हस्त पण्डित, चितवनका दावा दोर्जे लामा लगायतले आकांक्षा राखेको बताइन्छ । सचिवका लागि सिन्धुपाल्चोकका सुवास कमाचार्य, चितवनका कृष्णभक्त पोखरेल, काठमाडौंकि रत्न गुरुङलगायातले आकांक्षा राखेको बुझिएको छ । त्यस्तै, उपसचिवका लागि सिन्धुलीका खड्ग खत्री, दोलखाका डबल पाण्डे, काभ्रेकि भक्तकुमारी लामा, धादिङका रमेश आचार्यलगायतले दावी गरेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply