हमासको आक्रणमा २५० जना इजरायलीको मृत्यु
२१ आश्विन,काठमाडौं । हमासले शनिबार बिहान गरेको घातक रकेट आक्रमणमा परी २५० जना इजरायली नागरिकको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार प्यालेस्टाइनको चरमपन्थी समूह हमासको उक्त आक्रमणमा परी एक हजारभन्दा बढी इजरायली घाइते भएका छन् ।
हमासले हिजो शनिबार बिहानै अचानक इजरायली भू–भागमा आक्रमण गरेको थियो । हमासले २० मिनेटमा ५ हजारभन्दा बढी रकेट इजरायलमा प्रहार गरेको थियो । रकेट आक्रमणसँगै हमासका लडाकूहरु हतियारसहित इजरायली भूमिमा प्रवेश गरेका थिए । बीबीसीका अनुसार हमास र इजयरायली सेनाबीच हाल २२ ठाउँमा भिडन्त भइरहेको छ ।
हमासले केही इजरायली सेनालाई पक्राउ गरि बन्दी बनाएको दाबी समेत गरेको छ । इजरायलको सेनाले पनि उक्त दाबीलाई स्वीकार गरेको छ तर कति सेना हमासको कब्जामा छन् भन्ने खुलाएको छैन ।
इजरायलले गरेको जवाफी आक्रमणमा २३० जना प्यालेस्टाइन नागरिकको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । एक हजारभन्दा बढी प्यालेस्टाइनी घाइते भएका छन् ।
हमासको यस खतरनाक आक्रमणमा परी इजरायलमा एक फार्ममा काम गर्ने १४ मध्ये ९ जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply