जाजरकोट भूकम्पबाट ६२ हजार ६२ घरमा क्षति
२४ कात्तिक, काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर कात्तिक १७ गते गएको ६.४ म्याग्निच्युडको भूकम्पले १३ जिल्लाका ६२ हजार ६२ घरमा क्षति गरेको छ । गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जारी गरेको पछिल्लो सूचनाअनुसार भूकम्पका कारण २६ हजार ५५७ घर पूर्ण रूपमा ध्वस्त भएका छन् ।
भूकम्पले ३५ हजार ४५५ घरमा आंशिक क्षति गरेको शाखाले जनाएको छ । भूकम्पका कारण १६ वटा सरकारी भवन पूर्ण ध्वस्त भएका छन् । ३४ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ ।
भूकम्पले सबैभन्दा ठूलो भौतिक क्षति जाजरकोट र रुकुम पश्चिममा गरेको छ । शाखाबाट प्राप्त विवरणअनुसार भूकम्पबाट जाजरकोटमा २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ । ९ हजार ७९७ घरमा पूर्ण क्षति गरेको छ । रुकुम पश्चिममा भूकम्पले ९ हजार ९६१ घरमा आंशिक क्षति र १६ हजार ५७० घरमा पूर्ण क्षति गरेको छ ।
यस्तै रुकुम पूर्वका १४८, सल्यानका ५१२, रोप्पाका ८७, नवलपरासी पूर्वका १, दैलेखका १, दाङका ७ र प्युठानका ३१ घरमा भूकम्पले आंशिक क्षति गरेको छ । भूकम्पले रुकुम पूर्वका ९, सल्यानका १५१, रोल्पाका २५, दैलेखका १, बैतडीको १, जुम्लाका ५ र कालिकोटको १ घरमा पूर्ण क्षति गरेको छ ।
भूकम्पका कारण संरचना भत्किँदा मृत्यु हुनेको संख्या १५४ पुगेको छ । शुक्रबार बिहान घाइते एक जनाको मृत्यु भएको छ । भूकम्पका कारण घाइते हुनेको संख्या ३६४ रहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply