जाजरकोट भूकम्पबाट ६२ हजार ६२ घरमा क्षति
२४ कात्तिक, काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर कात्तिक १७ गते गएको ६.४ म्याग्निच्युडको भूकम्पले १३ जिल्लाका ६२ हजार ६२ घरमा क्षति गरेको छ । गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जारी गरेको पछिल्लो सूचनाअनुसार भूकम्पका कारण २६ हजार ५५७ घर पूर्ण रूपमा ध्वस्त भएका छन् ।
भूकम्पले ३५ हजार ४५५ घरमा आंशिक क्षति गरेको शाखाले जनाएको छ । भूकम्पका कारण १६ वटा सरकारी भवन पूर्ण ध्वस्त भएका छन् । ३४ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ ।
भूकम्पले सबैभन्दा ठूलो भौतिक क्षति जाजरकोट र रुकुम पश्चिममा गरेको छ । शाखाबाट प्राप्त विवरणअनुसार भूकम्पबाट जाजरकोटमा २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ । ९ हजार ७९७ घरमा पूर्ण क्षति गरेको छ । रुकुम पश्चिममा भूकम्पले ९ हजार ९६१ घरमा आंशिक क्षति र १६ हजार ५७० घरमा पूर्ण क्षति गरेको छ ।
यस्तै रुकुम पूर्वका १४८, सल्यानका ५१२, रोप्पाका ८७, नवलपरासी पूर्वका १, दैलेखका १, दाङका ७ र प्युठानका ३१ घरमा भूकम्पले आंशिक क्षति गरेको छ । भूकम्पले रुकुम पूर्वका ९, सल्यानका १५१, रोल्पाका २५, दैलेखका १, बैतडीको १, जुम्लाका ५ र कालिकोटको १ घरमा पूर्ण क्षति गरेको छ ।
भूकम्पका कारण संरचना भत्किँदा मृत्यु हुनेको संख्या १५४ पुगेको छ । शुक्रबार बिहान घाइते एक जनाको मृत्यु भएको छ । भूकम्पका कारण घाइते हुनेको संख्या ३६४ रहेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply