बालुवाटार र शीतल निवास वरपर पनि निषेधाज्ञा
६ मंसीर, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले माइतीघरपछि राष्ट्रपति निवास शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि निषेधाज्ञा जारी गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारीले राष्ट्रपति कार्यालयको पूर्व पवित्र वर्कशपसम्म, पश्चिम सामाखुसी निस्कने नाला, उत्तर प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूर्वी गेट र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म निषेधको आदेश जारी गरेको हो ।
यस्तै बालुवाटारमा पवित्र वर्कशप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोक र सभामुखदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटरसम्म पाँच जनाभन्दा बढी भेला हुने नदिने आदेश जारी भएको हो ।
मंसिर ५ गतेबाट लागू हुनेगरी आगामी ३० दिनसम्मका लागि यी स्थानमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन र सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि माइतीघर, नयाँ बानेश्वरलगायत क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो । त्यस्तै, जिल्ला प्रशासन कार्यलय ललितपुरले पनि जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ । भोली हुने लागेको युवा संघ नेपाल र दुर्गा प्रसाई नेतृत्वका आन्दोलनलाई दृष्टिगत गरि निषेधाज्ञा गरिएको हो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply