प्रचण्डजी, सरेन्डर गर्नुहोस् : दुर्गा प्रसाईं
७ मंसीर, काठमाडौं । मेडिकल व्यावसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जनतासमक्ष आत्मसमर्पण गर्न सुझाव दिए । ‘अहिलेका प्रधानमन्त्री प्रचण्डलाई म राम्रोसँग चिन्दछु । तपाईं सरेन्डर गर्नुहोस्, जनतासँग आउनुहोस् । हिजो यिनै जनताले पुर्याएका हुन् त्यो ठाउँमा,’ उनले भने ।
व्यवसायी प्रसाईंले संघीयता भन्नेहरुलाई खेद्नुपर्ने बताएका छन् । उनले आफूहरुको प्रदर्शन आन्दोलन नभई जनविद्रोह भएको उनले जिकिर गरे । उनले भने, ‘यो देशलाई फेरि पुरानो नेपाल बनाउनु छ, यो संघीयता भन्नेलाई लात्ताले दिएर खेद्नु छ । यो आन्दोलन होइन, यसलाई तपाई आन्दोलन नभन्नुस्, जनताले भनेको जनविद्रोह हो ।’
उनले भोलिदेखि काठमाडौं बन्द हुने बताएका छन् । बल्खुमा प्रहरीसँग भएको झडपमा आन्दोलनकारीहरु घाइते भएपछि प्रसाईंले यस्तो बताएका हुन् ।
‘हाम्रोतर्फ ८-१० जना घाइते भएका छन् । प्रहरीतर्फ २५-३० जना घाइते भएका छन्, अब भोलिदेखि काठमाडौं बन्द हुन्छ ।’ प्रसाईंले भने । प्रसाईंको नागरिक बचाउ अभियानको जुलुस कालीमाटीतर्फ प्रस्थान गर्न लागेपछि प्रहरीले बल प्रयोग गर्न सुरु गरेको थियो । त्यसक्रममा बल्खुमा प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरिएको छ भने अझै तनाव जारी रहेको छ ।
उनले नेपालका कैयौँ नेताहरुको विदेशमा लगानी रहेको दाबी गरे । प्रसाईंले उनले अब काठमाडौँ कब्जा गर्ने उनले चेतावनी दिए । उनले भने, ’हामीले अब काठमाडौँ कब्जा गर्नुपर्छ । संसद् भवन कब्जा गर्नुपर्छ । हामीलाई चलाउने कोशिस भयो भने तपाईंहरुले काठमाडौँमा सबै दोकानहरु बन्द गराउनुपर्छ ।’ कार्यक्रममा पुगेका राप्रपाका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रदर्शनकारीहरुलाई निषेधाज्ञा तोडेर माइतीघर छिर्न जोस्याएपछि प्रहरीसँग मुठभेड भएको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply