प्रचण्डजी, सरेन्डर गर्नुहोस् : दुर्गा प्रसाईं
७ मंसीर, काठमाडौं । मेडिकल व्यावसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जनतासमक्ष आत्मसमर्पण गर्न सुझाव दिए । ‘अहिलेका प्रधानमन्त्री प्रचण्डलाई म राम्रोसँग चिन्दछु । तपाईं सरेन्डर गर्नुहोस्, जनतासँग आउनुहोस् । हिजो यिनै जनताले पुर्याएका हुन् त्यो ठाउँमा,’ उनले भने ।
व्यवसायी प्रसाईंले संघीयता भन्नेहरुलाई खेद्नुपर्ने बताएका छन् । उनले आफूहरुको प्रदर्शन आन्दोलन नभई जनविद्रोह भएको उनले जिकिर गरे । उनले भने, ‘यो देशलाई फेरि पुरानो नेपाल बनाउनु छ, यो संघीयता भन्नेलाई लात्ताले दिएर खेद्नु छ । यो आन्दोलन होइन, यसलाई तपाई आन्दोलन नभन्नुस्, जनताले भनेको जनविद्रोह हो ।’
उनले भोलिदेखि काठमाडौं बन्द हुने बताएका छन् । बल्खुमा प्रहरीसँग भएको झडपमा आन्दोलनकारीहरु घाइते भएपछि प्रसाईंले यस्तो बताएका हुन् ।
‘हाम्रोतर्फ ८-१० जना घाइते भएका छन् । प्रहरीतर्फ २५-३० जना घाइते भएका छन्, अब भोलिदेखि काठमाडौं बन्द हुन्छ ।’ प्रसाईंले भने । प्रसाईंको नागरिक बचाउ अभियानको जुलुस कालीमाटीतर्फ प्रस्थान गर्न लागेपछि प्रहरीले बल प्रयोग गर्न सुरु गरेको थियो । त्यसक्रममा बल्खुमा प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरिएको छ भने अझै तनाव जारी रहेको छ ।
उनले नेपालका कैयौँ नेताहरुको विदेशमा लगानी रहेको दाबी गरे । प्रसाईंले उनले अब काठमाडौँ कब्जा गर्ने उनले चेतावनी दिए । उनले भने, ’हामीले अब काठमाडौँ कब्जा गर्नुपर्छ । संसद् भवन कब्जा गर्नुपर्छ । हामीलाई चलाउने कोशिस भयो भने तपाईंहरुले काठमाडौँमा सबै दोकानहरु बन्द गराउनुपर्छ ।’ कार्यक्रममा पुगेका राप्रपाका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रदर्शनकारीहरुलाई निषेधाज्ञा तोडेर माइतीघर छिर्न जोस्याएपछि प्रहरीसँग मुठभेड भएको थियो ।
सम्बन्धित समाचार
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
Leave a Reply