बडिगाड पहिरो : तीन गम्भीर घाइतेलाई हेलिकोप्टरबाट लगियो काठमाडौं
बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार खसेको पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका सबै तीन जनाको उद्धार भएको छ । उनीहरूलाई केहीबेर अघि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । अहिले हेलिकप्टरमार्फत ३१ वर्षीया सीता थापा, १९ वर्षीया रिमा पुन र ४६ वर्षीय संगीता बुढालाई उपचारका लागि काठमाडौं पुर्याइएको हो ।
स्थानीय जोगबहादुर बुढाको घर मङ्गलबार बिहान पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । हाल चार जना बेपत्ता छन् । मधु बुढा, ३ वर्षीय आरुष थापा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन विक बेपत्ता छन् । बेपत्ताको खोजी कार्य भइरहेको सहायक सीडीओ बरालले जानकारी दिए ।
२६ वर्षीय ओमप्रसाश पुन, २३ वर्षीया सिर्जना विक, ४३ वर्षीय मंगल सेनबुढा, ६० वर्षीया सुमित्रा विक, ५१ वर्षीय सशीराम विक र ९ वर्षीय ज्ञाने बुढालाई उपचारका लागि बुर्तिबाङ लगिएको छ । प्रतिकूल मौसमका कारण घाइतेलाई स्वास्थ्य संस्था पुर्याउन सकिएको थिएन । नेपाली सेनाका स्वास्थ्यकर्मीले उनीहरूको उपचार गरेका थिए ।
तीन जना गम्भीर घाइतेलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए । अन्य घाइतेलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको छ । आरुपाटामा मंगलबार खसेको पहिरोमा पुरिएर घरधनी जोगबहादुर बुढा, छिमेकी ७० वर्षीया मोतीदेवी कामी, सिर्जना विकको ६ महिनाकी छोरी सीता विक, ७ वर्षकी मालती बुढा, ८ वर्षीय अमन बुढा र ११ वर्षीया सीता पुनले पहिरोमा पुरिएर ज्यान गुमाएका हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply