प्रतिनिधिसभा २०८२ को पहिलो अधिवेशन सम्पन्न, ९ दिनमा महत्वपूर्ण संसदीय गतिविधि
काठमाडौं — प्रतिनिधिसभा २०८२ को पहिलो अधिवेशन ९ दिनमै सम्पन्न भएको छ। चैत १९ गते सुरु भएर चैत २७ गते सकिएको अधिवेशनमा सभामुख र उपसभामुख चयनदेखि संसदीय समिति गठनसम्मका महत्वपूर्ण काम भएका छन्।
अधिवेशन अवधिमा डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। उपसभामुख पदमा भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामा र रुबीकुमारी ठाकुरबीच प्रतिस्पर्धा भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थन पाएकी ठाकुर उपसभामुखमा निर्वाचित भएकी हुन्।
यस अधिवेशनले २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ भने प्रतिनिधिसभाअन्तर्गत १६ वटा विषयगत समिति र दुई वटा संयुक्त समिति गठन गरिएको छ। राष्ट्रिय सभाका विषयगत समितिहरू यसअघि नै गठन भइसकेका छन्।
प्रतिनिधिसभा नियमावली निर्माणका लागि १५ सदस्यीय मस्यौदा समिति पनि गठन गरिएको छ। उक्त नियमावली आगामी अधिवेशनमा पारित भएपछि कार्यान्वयनमा आउनेछ।
यस अवधिमा प्रतिनिधिसभामा आकस्मिक समय, शून्य समय र विशेष समयमार्फत सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।
सभामुखले संसदीय समितिका सभापतिको निर्वाचन आगामी वैशाख ४ गतेका लागि घोषणा गरेका छन्।
छोटो अवधिमा सम्पन्न भएको अधिवेशनले संसदीय संरचना निर्माणका महत्वपूर्ण काम अघि बढाएको भए पनि समितिका सभापतिको चयन भने बाँकी रहेको छ।
सम्बन्धित समाचार
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
दैनिक १६ घण्टा काम गरिरहेको छु : अर्थमन्त्री वाग्ले
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply