इरानबाट नेपाली क्याप्टेन अमृत झा रिहा — कूटनीतिक पहलपछि आयो सुखद खबर
काठमाडौं | इरानले नियन्त्रणमा लिएका नेपाली युवा तथा जहाज क्याप्टेन अमृत झा अन्ततः रिहा भएका छन्। बुधबार उनलाई औपचारिक रूपमा रिहा गरिएको पुष्टि भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनाल ले पनि झा रिहा भएको जानकारी दिएका छन्। उनका अनुसार इरानस्थित नेपाली कन्सुलरसँग समन्वयपछि रिहाइ प्रक्रिया सम्पन्न भएको हो।
झा रिहा भएको खबर सरकारी अधिकारीहरूले उनका परिवारलाई समेत दिइसकेका छन्। उनका भिनाजु राजेश झाले केही समयअघि मात्रै आफूहरूलाई रिहाइबारे जानकारी प्राप्त भएको बताएका छन्। लामो समयको तनावपछि परिवारमा अहिले राहत र खुसी छाएको छ।
कसरी पक्राउ परे अमृत झा?
🔹 इजरायल–अमेरिका र इरानबीच तनाव चुलिनुअघि
🔹 इन्धन लिन झा इरान पुगेका थिए
🔹 दुबई फर्किने क्रममा उनलाई नियन्त्रणमा लिइएको थियो
झा दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी’ कम्पनीअन्तर्गत जहाज क्याप्टेनका रूपमा कार्यरत थिए
उनिसँगै केही भारतीय नागरिक पनि पक्राउ परेका थिए।
दुई वर्षदेखि वैदेशिक रोजगारीमा
अमृत झा करिब २ वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई पुगेका थिए। समुद्री क्षेत्रमा अनुभवी क्याप्टेनका रूपमा काम गर्दै आएका उनी इन्धन ढुवानी जहाजमा कार्यरत थिए।
यो घटनाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सुरक्षासँगै सरकारको कूटनीतिक पहलको प्रभावकारिता पनि देखाएको छ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply