ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
काठमाडौं । काठमाडौंको ठमेल क्षेत्रमा पक्राउ परेका २० विदेशी महिलालाई नेपाल आउन नपाउने गरी डिपोर्ट गरिएको छ। अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको थियो।
प्रहरीका अनुसार उनीहरू फायरचोक आसपासबाट पक्राउ परेका थिए। बाटो हिँड्ने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी अश्लील प्रस्ताव राख्ने, बाटो छेकी दुःख दिने जस्ता गतिविधिमा संलग्न रहेको आरोप छ।
उनीहरूमाथि प्रहरी वृत्त सोह्रखुट्टे मार्फत अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको थियो। पछि जिल्ला प्रशासन कार्यालय काठमाडौं ले प्रतिव्यक्ति १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
रिहा भएपछि उनीहरूलाई अध्यागमन विभाग लाई बुझाइएको थियो। विभागले एक वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी उनीहरूलाई डिपोर्ट गरेको जनाएको छ।
यसअघि पनि सोही क्षेत्रमा यस्तै गतिविधिमा संलग्न विदेशी महिलाहरू पक्राउ परेर डिपोर्ट गरिएका थिए। प्रहरीले ठमेल क्षेत्रमा यस्ता गतिविधि नियन्त्रण गर्न निगरानी अझ कडा बनाएको जनाएको छ।
सम्बन्धित समाचार
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
कांग्रेस विवाद सर्वोच्चमा: आयोगको निर्णयविरुद्ध देउवा पक्षको रिटमाथि सुनुवाइ जारी
-
धनुषामा पूर्व वडाध्यक्ष मृत फेला, घटनास्थलबाट मदिराका बोतल बरामद
Leave a Reply