दासढुङ्गा स्मृति दिवस: एमालेद्वारा वृक्षारोपणदेखि रक्तदानसम्मका कार्यक्रम
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रित को ३३ औँ स्मृति दिवसका अवसरमा आज देशभर विविध कार्यक्रम आयोजना गरेको छ। स्मृति दिवसको अवसरमा काठमाडौंको मदननगर बल्खुमा विशेष स्मृति सभा तथा गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचार गोष्ठी आयोजना गरिएको एमालेले जनाएको छ।
यस अवसरमा विभिन्न जिल्लामा मदन–आश्रितको राजनीतिक योगदान, जनवादी आन्दोलनमा उनीहरूले पुर्याएको भूमिकाबारे चर्चा गरिनुका साथै वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर तथा अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरणजस्ता सामाजिक कार्यक्रम पनि सञ्चालन गरिएको छ। एमालेका नेता तथा कार्यकर्ताले जननेता भण्डारीको “जनताको बहुदलीय जनवाद” सम्बन्धी विचारलाई अहिले पनि पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा अघि बढाइरहेको बताएका छन्।
जननेता भण्डारी र नेता आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको रहस्यमय सवारी दुर्घटनामा निधन भएको थियो। नेपाली कम्युनिष्ट आन्दोलनमा उनीहरूको योगदानलाई स्मरण गर्दै एमालेले हरेक वर्ष जेठ ३ गते विभिन्न कार्यक्रममार्फत स्मृति दिवस मनाउँदै आएको छ।
सम्बन्धित समाचार
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
परम्परागत इट्टालाई चुनौती दिँदै सीएसईबी प्रविधि लोकप्रिय हुँदै
-
नेपाल–भारत सीमामा नयाँ भन्सार नियम लागू नहुने, सर्वोच्चको आदेश
-
भृकुटीमण्डपमा बाइक प्रेमीको भीड, बजाज मेलामा विशेष छुट र उपहार
-
पर्यटन मन्त्रालयद्वारा नेपाल वायुसेवा निगममा नयाँ नियुक्ति
-
निर्माण व्यवसायी संघको चेतावनी : लागत समायोजन नभए विकास आयोजना ठप्प हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
दैनिक १६ घण्टा काम गरिरहेको छु : अर्थमन्त्री वाग्ले
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
Leave a Reply