नदीबाट सिधै ढुंगा–बालुवा निकालेर पुल निर्माण गरेको आरोप
काठमाडौं । बारा-पथलैया–निजगढ सडकखण्डअन्तर्गत दूधौला पुल निर्माणका क्रममा ठेकेदार कम्पनीले अवैध रूपमा नदीजन्य सामग्री उत्खनन गरेको आरोप लागेको छ। जीतपुरसिमरा उपमहानगरपालिकाले नदीबाट ढुंगा, गिटी, बालुवा र माटो निकालिरहेको अवस्थामा निर्माण कम्पनीका डोजर र टिप्पर नियन्त्रणमा लिएको जनाएको छ।
उपमहानगरपालिकाले गरेको स्थलगत अनुगमनमा पुलदेखि करिब ५०० मिटर दक्षिणतर्फबाट ठूलो परिमाणमा नदीजन्य सामग्री उत्खनन गरिएको भेटिएको थियो। प्राविधिक नापजाँचका आधारमा १ लाख ५७ हजार ५८१ घनफिट सामग्री निकालिएको निष्कर्ष निकाल्दै उपमहानगरपालिकाले कम्पनीसँग १६ लाख २ हजार ६०७ रुपैयाँ राजस्व तथा जरिवाना माग गरेको छ।
अनुगमन समितिका संयोजक कृतिराज सुवेदीले राजस्व नतिरी सिधै नदी दोहन गरिएको बताए। स्थानीयवासीका अनुसार निकालिएको सामग्री पुल आसपासको संरचना निर्माणमा प्रयोग गरिएको थियो।
उपमहानगरपालिकाले सडक विभागलाई समेत पत्राचार गर्दै राजस्व संकलनमा सहयोग मागेको छ। तर निर्माण कम्पनीले भने आफूहरूले कुनै चोरी नगरेको दाबी गर्दै जरिवाना नतिर्ने अडान लिएको छ।
तीन वर्षभित्र सक्नुपर्ने पुल निर्माण आठ वर्षपछि अन्तिम चरणमा पुगेको भए पनि विवादका कारण पुल सञ्चालनमा थप ढिलाइ हुने संकेत देखिएको छ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply