जिल्लामा कार्यालय प्रमुख खाली, मन्त्रालयमा उपसचिवको ताँती
काठमाडौं । भूमि व्यवस्था मन्त्रालयले दुई महिनाअघि बढुवा भएका तीन प्रमुख नापी अधिकृत (उपसचिव) लाई अहिलेसम्म पनि पदस्थापन गरेको छैन । नापी अधिकृतबाट प्रमुख नापी अधिकृतमा बढुवा भएका जनक भण्डारी, जनक भट्ट र खिमलाल गौतमलाई पदस्थापन नगरी राखेको छ । पाँचवटा जिल्लामा प्रमुख नापी अधिकृत पद रिक्त छ । महोत्तरी, सप्तरी, सुनसरी, बारा, रौतहट, नवलपरासी, दमकको विशेष नापी कार्यालयमा प्रमुख नापी अधिकृत रिक्त छ । प्रमुख नापी अधिकृत नभएका कारण ती जिल्लामा नासुका भरमा कार्यालय सञ्चालन भइरहेका छन् । कार्यालय प्रमुखविहीन ती जिल्लामा नक्साहरू भद्रगोल अवस्थामा छन् ।
यिनै जिल्लामा दरबन्दी रिक्त देखाएर प्रमुख नापी अधिकृत बढुवा भए पनि बढुवा भएपछि कोही पनि जान नमान्ने प्रवृत्ति छ । नयाँ जोसका साथ आएकी भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले कार्यालय प्रमुख रिक्त भएका जिल्लामा यी तीन प्रमुख नापी अधिकृतलाई पदस्थापन गर्ने विश्वास गरिएको छ । भूमि व्यवस्था मन्त्रालयका सचिव गोपी मैनाली र नापी विभागका महानिर्देशक गणेश भट्टलाई प्रभावमा पारी आगामी असोजमा हुने सरुवामा कास्की, चावहिलजस्ता घुस खान पाउने कार्यालयमा प्रमुख हुन भण्डारी, भट्ट र गौतमले पदस्थापन रोकेर राखेका छन् । बढुवा भएको २१ दिनभित्र पदस्थापन भई सोही कार्यालयबाट तलब लिनुपर्ने निजामती सेवा ऐनको व्यवस्था छ । गएको जेठ २९ मा उनीहरूसँगै बढुवा भएका नौ जनाको पदस्थापन भइसकेको छ । तर भण्डारी, भट्ट र गौतम राजनीतिक दबाब दिएर पदस्थापन रोकी आगामी असोजमा कास्की र चावहिलजस्ता मालदार कार्यालयमा जाने दाउमा छन् । पहुँच र प्रभाव भएका र नेताहरूको निकट भएर पदस्थापन नगर्न दबाब दिइरहेका छन् । भण्डारीले सभामुख कृष्णबहादुर महरा र जनार्दन शर्माको फेरो समाएर दबाब दिइरहेका छन् भने भट्टले महानिर्देशकको आडमा पदस्थापन रोकेका हुन् । गौतम पहिला नयाँशक्तिका बाबुराम भट्टराईका नजिक हुन् । उनी पछिल्लो समयमा नयाँ शक्ति छाडेर माओवादी हुँदै नेकपाको नेता भएका खिमलाल देवकोटामार्फत् पदस्थापन रोकी आगामी असोजमा मालदार कार्यालयमा जाने दाउमा छन् ।
उनीहरूले दरबन्दीबिना तलब कहाँबाट खाइरहेका छन् ? जिल्लामा कार्यालय प्रमुख खाली छन्, तर यसरी पहुँच र प्रभावका आधारमा मन्त्रालयमा बिनाकाम राख्ने सचिव गोपी मैनालीमाथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री कार्यालयले छानबिन गर्नुपर्ने माग कर्मचारीहरूको छ ।
यसअघि भूमिव्यवस्थासमेत हेर्ने मन्त्री चक्रपाणि खनाल र सचिव गोपी मैनालीले उनीहरूको पदस्थापन गरेनन् । अब नयाँ मन्त्रीले उनीहरूको पदस्थापन गरिहाल्नुपर्छ, मन्त्रालयका अधिकारीले भने ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply