मन्त्रीको दबाब थेग्न नसकेपछि मालपोत प्रमुखले दिए राजीनामा
काठमाडौं । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालको दबाब थेग्न नसकेपछि भक्तपुर मालपोत कार्यलयका प्रमुख चन्द्रमणि अर्यालले राजीनामा दिएर हिँडेका छन् । उनले गत साता नै राजीनामा दिएका हुन् । अचम्म त के छ भने त्यहाँ अरू कर्मचारी पनि प्रमुख भएर जान नमानेपछि त्यही कार्यरत अधिकृत अरुणोदयमान रञ्जितलाई कामुको जिम्मेवारी दिइएको छ ।
साबिक दुवाकोट गाविसमा रहेको ८ ‘क’ कित्ता नं. ४७ बाट कित्ताकाट भई कायम भएका कित्ता नं ४३१ को ६ आना, कित्ता नं. ४३२ को ८ आना, कि नं. ४३३ को ८ आना, कि नं. ४३४ को ६ आना, कि नं. ४४५ को ८ आना, कि नं. ४५२ को ८ आना, कि नं. ४७९ को ५ आना, कि नं. ४४१ को ८ आना, कि नं. ४४४ को ८ आना, कि नं. ४५१ को ९ आना, कि नं. ४५३ को १ रोपनी १५ आना, कि नं. ४६८ को ६ आना २ पैसा, कि नं. १२१८ को ४ आना, कि नं. १२२२ को १० आना २ पैसा, कि नं. १२२४ को १ आना ३ पैसा, कि नं. १२२७ को ७ आना ३ पैसा गरी २० रोपनीभन्दा बढी जग्गा सरकारी हो भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७० सालमा पत्र लेखेपछि मालपोत कार्यलय भक्तपुरले रोक्का राखेको थियो ।
जग्गा रोक्कापछि मालपोत कार्यलय भक्तपुरलाई समेत विपक्षी बनाई काठमाडौं महानगरपालिका–६ का खड्गनारायण प्रधानलगायतले सो जग्गा सरकारको नाममा नभई आफूहरूको नाममा भएको भन्दै अदालतमा मुद्दा दिएका थिए । सर्वोच्च अदालतले २०७३ भदौ ८ मा प्रधानलगायतकै पक्षमा फैसला गरिदियो । त्यो बेला प्रधानन्यायधीश सुशीला कार्की थिइन् । फैसला पछि फैसला कार्यान्वयन एकाइले पटकपटक सो जग्गा व्यक्तिका नाममा दर्ता गर्नू भन्ने पत्र मालपोत कार्यलय भक्तपुरलाई पठाउँदै आएको थियो । तर, अख्तियारले सरकारी भनेको जग्गा अदालतले के कारणले फैसला ग¥यो भन्दै तत्कालीन मालपोत प्रमुख अर्यालले व्यक्तिका नाममा दर्ता गर्न मानेनन् । तर, मन्त्री अर्यालले पटकपटक दबाब दिएपछि उनी जागिरबाटै राजीनामा गरेर हिँडेका हुन् । मन्त्रीको चर्को दबाबका पछि यसबाट मन्त्रीलाई पनि लाभ हुने प्रस्ट देखिन्छ ।
अर्याल राजीनामा गरेर हिँडेपछि उपसचिव गोपाल गिरीलाई पठाउने तयारी गरे पनि उनी त्यहाँ जान मानेनन् । डिल्लीवजार मालपोत प्रमुख हुँदा हाँडीगाउँको पाँच रोपनी सरकारी जमिन व्यक्तिका नाममा दर्ता गरेपछि सो वडाका अध्यक्ष अच्यूत सापकोटाको नेतृत्वको टोलीले उनलाई कालोमोसो दलेको थियो । अब भक्तपुर प्रमुख भएर जाँदा मन्त्रीको दबाबमा उक्त काम गर्नुपरे फेरि कालो मोसो दलिनुपर्ने डरका कारण उनी जान नमानेको बुझिएको छ ।
सम्बन्धित समाचार
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply