नेम्वाङको ट्विस्टले एकतामा भाँजो
काठमाडौं । पार्टीभित्रको अन्तरसंघर्ष सैद्धान्तिक–वैचारिक हिसाबले पेचिलो बन्दै जाँदा नेकपा पंक्तिमा अक्षुण्ण एकताबारे चिन्ता छाइरहेका बेला पार्टीकै एक नेताको भूमिका भने एकता वलियो बनाउनेतर्फ होइन झन् कमजोर बनाउनेतिर लक्षित देखिएको छ ।
पूर्वसभामुखसमेत रहेका संसदीय दलका उपनेता सुवास नेम्वाङको आत्मकेन्द्रित चिन्तन, कानुनी क्षेत्रको सर्वेसर्वा ठान्ने सोच र शैलीका कारण नेपाल बारमा मात्र होइन, कानुनी क्षेत्रमा पूर्वएमाले पंक्ति झन्झन् कमजोर बन्दै गएकै छ । उनको त्यस्तो चिन्तन र शैलीले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि मिल्नै नसक्ने स्थितिमा पु¥याउने हो कि भन्ने नेकपाका दोस्रो तहका कतिपय नेताहरूले चिन्ता गर्न थालेका छन् ।
ओली र प्रचण्डबीच संवाद टाढिनेबित्तिकै बालुवाटारको सन्देश भन्दै उनी बेलाबेला समय लिएर दौडिँदै खुमलटार पुग्छन् । तर, बाहिर भने प्रधानमन्त्रीसँग सम्बन्ध बिग्रिनेबित्तिकै पटकपटक प्रचण्डले आफूलाई खोज्ने गरेका कारण खुमलटार जाने गरेको प्रचार गर्ने गरेका छन् । पार्टीभित्र अन्तरसंघर्ष चर्किएकै बेला आठ महिनाअघि प्रधानमन्त्री ओलीलाई पत्तै नदिई नेम्वाङले केही सांसदहरू लगाएर वरिष्ठ नेता माधवकुमार नेपालको नाडी छाम्ने कोसिस गरेका थिए । यसबारे पछि मात्रै जानकारी पाएपछि ओलीसमेत उनीसँग रुष्ट भएका थिए । नेम्वाङको योजनाअनुसार नेकपाकी सांसद बिन्दा पाण्डेलगायत केही सांसदले नेपाललाई भेटेर पार्टीको अनुभवी नेताको हैसियतमा भोलिका दिनमा पार्टीको नेतृत्व गर्नुपर्ने अवस्था आउने भएकाले अहिलेलाई प्रचण्डको सट्टा सुवास नेम्वाङलाई प्रधानमन्त्री अगाडि सार्दा के होला ? भन्ने जिज्ञासा राखेका थिए । प्रचण्डसँगको सम्बन्धमा खेल्न खोजेको पत्तो पाएका नेपालले त्यसबारे कुनै ठोस जवाफ नदिएपछि भन्ने नेम्वाङ जिल्लाराम परेका थिए । त्यसयता नेता नेपालको नाम लिने पार्टी नेता, सांसद, पत्रकार जोकोहीसँग नेता नेम्वाङ सशंकित मात्र हुँदैनन्, नेपालको प्रसंगलाई अन्तै मोडेर कुरासमेत ट्विस्ट गर्ने गरेका छन् । यतिसम्म कि उनले बरु पार्टी एकताका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ खम्बाका रूपमा देखिएको, यताउति गरिरहने ईश्वर पोखरेलको कुनै भरै नरहेको र वरिष्ठ नेता नेपालको त झन् भूमिकै ठीक नरहेको बताउने गरेका छन् ।
नैतिकवान्, समन्वयकारी वरिष्ठ नेता नेपालले उठाएको एजेन्डा ठीक रहेको र उनीसँग जोरी खोजेर ओलीले पनि कमजोरी गरेको जस्ता शब्द भेटमा कसैले उच्चारण गरिहाल्यो भने नेम्वाङ तत्काल ‘इरिटेड’ हुने गरेको समेत चर्चा चल्दै आएको छ । कतिसम्म भने कतिपय मिडियामा त बैठकमा नेपालले भन्दै नभनेको शब्दहरूसमेत ट्विस्ट गरेर बालुवाटारनिकट पत्रकारहरूमार्फत नेम्वाङले लेखाउने गरेकोसमेत सिंहदरबारमा चर्चा चल्ने गरेको बताइन्छ ।
केही दिनअघि न्यायपरिषद् निर्वाचनमा नेम्वाङले उठाएका उम्मेदवार महेश नेपालको पराजय र वरिष्ठ नेता नेपालनिकट रहेका वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको जितले नेकपा पंक्तिमा उनको हैसियत पार्टीभित्र झन् कमजोर हुनेगरी खस्किँदै जान थालेको टिप्पणी हुन थालेको छ । नेम्वाङकै कारण यसअघि राजीनामा दिन बाध्य भएको श्रेष्ठको जितले अहिले उनीमाथि न्याय भएको नेकपा पक्षधर वकिलहरूले चर्चा गर्ने गरेका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply