गल्ती महसुस गरेर पार्टीमा फर्कन ओलीलाई आग्रह
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निरंकुश र तानाशाही प्रवृत्ति नसुधारे इतिहासको रछ्यानमा फ्याँकिने बताएका छन् । हिजो पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले केपी ओलीमा कम्युनिस्ट चरित्र र गुण नै नभएको उल्लेख गर्दै भने, ‘केपी ओलीले कुन दिन कम्युनिस्ट पार्टी त्यागेको समाचार सुन्न बेर छैन, उहाँमा कम्युनिस्ट चरित्र र गुण नै छैन ।’
अध्यक्ष नेपालले कम्युनिस्ट पार्र्टी गुट र व्यक्तिबाट चल्ने नभई विचार र सिद्धान्तबाट चल्ने उल्लेख गर्दै भने, ‘पार्टीमा बैठक नबस्ने, जनजीविकाको कुरा नै किन नहोस् छलफल हुनुपर्छ बहस हुनुपर्छ ।’ आफूले ओलीलाई पटकपटक प्रधानमन्त्री हुँदा पार्टी बैठकमा बस्न नभ्याउने भए आफूहरु छलफल र बहस गर्छौ भन्दा पनि नसुन्ने गरेको बताए । उनले केपी ओलीले सिकाएको संस्कारसमेत सर्वहारा संस्कार नभएर सामन्ती संस्कार भएको बताए । ‘उहाँलाई आलोचना, गुनासो र विरोध मन पर्दैन, आलोचना गर्ने मान्छे उहाँको दृष्टिकोणमा नकारात्मक हुन्छ,’ अध्यक्ष नेपालले भने ।
नेता नेपालले ओलीलाई प्रतिनिधिसभा विघटन निर्णय बेठिक भएको भनी स्विकार्न पनि आग्रह गरे । उनले भने, ‘प्रतिनिधिसभा विघटनको निर्णय बेठीक भयो भन्नुस्, कम्युनिस्ट आन्दोलनलाई निमिट्यान्न पार्न लाग्नुभएको छ । त्यसैले गल्ती महसुुस गरेर फर्कनुस् ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply