२५ माघ २०७७, आईतवार ११:१२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
‘वी हेट यू केपी ओली’ भन्दै प्रर्दशन
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको विद्यार्थी संगठन अनेरास्ववियूले संसद् विघटनविरुद्ध सिंहदरबार छेऊमा नाराबाजी गरेको छ । चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत अनेरास्ववियूले अनामनगर हनुमानस्थानमा प्रदर्शन गरेको हो ।
नाराबाजीका क्रममा विद्यार्थीहरुले ‘वी हेट यू केपी ओली, वी हेट यू’ नारा लगाएका थिए । ‘संसद् विघटन गर्दै मुलुकलाई प्रतिगमनलाई लैजाने शासकलाई हेट (घृणा) गरेका हौं’, अखिलका नेता आरती लामाले भनिन् । यो समूहले प्रधानमन्त्री ओलीविरुद्ध आक्रामक नारा लगाउने गरेका छन् ।
हनुमानस्थानमा प्रदर्शन गरेपछि अखिलले प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको छ । संसद् विघटनदेखि राज्य शक्तिको दुरुपयोगसम्मको विरोध जनाउँदै विरोध पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दर्ता गरिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply