केपी ओली प्रतिक्रान्तिका नायक ः प्रचण्ड
काठमाडौं । प्रतिगमनविरुद्ध सडक आन्दोलन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रान्तिको वकालत गरेकाले अब उनले जित्ने ठाउँ नै नभएको बताएका छन् ।
सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘प्रवृत्तिको लडाइँ अगाडि आउनु थियो, आयो, केपी ओलीले गलत प्रतिक्रान्तिको वकालत गर्नुभयो, उहाँले जित्ने कुनै ठाउँ नै छैन ।’ उनले ओलीको प्रतिक्रान्तिविरुद्ध एक भएर वैचारिक र राजनीतिक आन्दोलनमा लाग्न शिक्षकहरुलाई आग्रह गरे ।
आफूहरु शान्ति समृद्धिको पक्षमा उभिएकोले आफूहरुले पाउने जित कसैले रोक्न नसक्ने दावी गरे । उनले अहिले भइरहेको आन्दोलन र संघर्ष पद प्राप्तिको नभएको समेत बताए । ‘चुनावको बेला जनताले पार्टी एकताको संकल्पलाई अनुमोदन गरेको थियो’, उनले भने, ‘तर दुर्भाग्य ३ महिनामा सक्ने भनेको पार्टी एकता प्रक्रिया ३ वर्षमा सकिएन, २ वर्षमा गर्ने भनिएको महाधिवेशन भएन। उल्टो पार्टी विभाजन भएको छ । सोच्दै नसोचेको सामना गर्नुपरेको छ ।’
असाधारण परिस्थितिमा बोलाइएको परिषदको बैठक भएकाले यो अगुवा नेता, शिक्षकहरुको जमघट भएको बताए । उनले भने, ‘पार्टीको तर्फबाट ठीक समय रोजेर महत्वपूर्ण बैठक आयोजना गर्नुभएको छ । महत्वपूर्ण निर्णयसहित यो समयमा योगदान पु¥याउनु होला ।’
उनले युद्धपीडित शिक्षकलाई पुनर्बहाली गर्न आफू प्रधानमन्त्री हुँदा काम गर्न खोजेको बताएका छन् । आफूले शिक्षकहरुको सेवा सुविधालगायतका विषयमा क्याबिनेटमा लगेको फाइल समेत थन्किएको बताए ।
‘यथार्थ के हो भने केपी ओली नै शिक्षा क्षेत्रमा सुधार गर्न रोक्ने मान्छे हुन’, शिक्षामन्त्री गिरिराजमणिमार्फत पटक पटक सुझाव दिएको बताउँदै उनले भने, ‘सुझाव र प्रतिवेदन पठाइएका हुन्, हामीले केही नगरेको, वास्तै नगरेको होइन ।’
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply