पेरिसडाँडामा माओवादी केन्द्र र जसपा बिच छलफल
काठमाडौं । माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपा नेताहरुबीचको छलफल माओवादी कार्यालय पेरिसडाँडामा सकिएको छ ।
आज शनिबार भएको सत्ता समीकरण र पछिल्लो राजनीतिक घटना क्रममा विषयमा भएको छलफलमा माओवादी केन्द्रले जसपालाई पार्टी कार्यगत एकताको प्रस्ताव राखेको छ । छलफलमा माओवादीले जसपालाई नयाँ सरकारमा मात्र नभई चुनावसम्मै कार्यगत एकता गरेर अगाडि बढ्न प्रस्ताव गरेको छलफलमा सहभागी एक नेताले जानकारी दिएका छन् ।
माओवादी केन्द्रको उक्त प्रस्तावप्रति आफूहरु सकारात्मक रहेको जवाफ जसपाका नेताहरुले दिएको ती नेताले जानकारी दिए । ‘नयाँ सत्ता समीकरण मात्र होइन, चुनावलाई केन्द्रबिन्दुमा राखेर कार्यगत एकता गरेर जाऊ भन्ने माओवादी केन्द्रको प्रस्ताव आएको छ’, छलफलमा सहभागी जसपाका एक नेताले भने, ‘हामी सकारात्मक छौं भन्ने जवाफ दियौं, थप छलफल पार्टीमा गर्छौ । अन्तिम निष्कर्षमा पुगिसकेका छैनौं ।’
छलफलमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष्य नारायणकाजी श्रेष्ठ, नेताहरु वर्षमान पुन र जनार्दन शर्मा र देव गुरुङ र जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, नेताहरु अशोक राई र राजेन्द्र महतो सहभागी थिए ।
अध्यक्ष महन्थ ठाकुरले सत्ता समीकरणबारे माओवादी केन्द्रसँग सकारात्मक कुराकानी भएको बताएका छन् । पेरिसडाडाँमा माओवादी केन्द्रका शीर्ष नेतृत्व सँगको भेटवार्ता पछि ठाकुरले कुनै निष्कर्षमा पुग्न भने नसकिएको बताए ।
‘कुराकानी त राम्रै भयो, तर अझै निष्कर्षमा पुगेका छैनौ’ ठाकुरले भने । फेरि पनि माओवादी केन्द्रसँग छलफलमा बस्नेगरी उठेको उनले जानकारी दिएका छन् । एमाले वा त्यस बाहेकका इतर गठबन्धनको सरकारबारे सोधिएको प्रश्नमा अध्यक्ष ठाकुरले कतै पनि आफूहरुले सुरक्षाको महसुस नगरेको बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply